नौ घण्टासम्मको उग्र वार्ता, इन्धन अभावबिच ट्रक खोज्ने अन्तिम क्षणको प्रयास र खुला फ्ल्याटबेड ट्रकमा छ घण्टासम्मको उन्मत्त प्याकिङपछि सहायता कार्यकर्ताले इजरायली आक्रमणअघि गाजाको गोदामबाट हजारौँ अमूल्य कलाकृति उद्धार गरेका थिए ।
चार दिनदेखि परेको अविरल बर्षाका कारण पुतलीबजार नगरपालिका –३ चिचीकुनाका ६ घरगोठ जोखिममा परेको छ । घरनजिकै बर्षासँगैको पहिरोले यहाँका बस्तीमा जोखिम बढेको हो ।
अगस्ट महिनामा अमेरिकातर्फ जापानको निर्यात करिब १४ प्रतिशतले घटेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार देशका ७४ जिल्लाबाट चार हजार ४७८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि हुनुका साथै दुई जना डेङ्गु सङ्क्रमितको मृत्यु भएको छ।
गुल्मीको गुल्मी दरबार गाउँपालिका–१, बलिथुम बजारमा जङ्गलबाट ल्याएको बिषालु च्याउ खाँदा एकै परिवारका पाँच जनासहित छ जना बिरामी परेका छन्।
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१, चराङमा पहिलोपटक विद्युतीय सवारीसाधन चार्ज गर्न चार्जिङ स्टेशन सञ्चालनमा आएको छ ।
रियल म्याड्रिड र आर्सनलले युइएफए च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ ।
पहिरोले लमजुङ खण्डमा पर्ने मध्यपहाडी लोकमार्गको लमजुङ–पोखरा सडकखण्ड र बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई र बारा जितपुर सिमरा उपमहानगरपालिका २२ चुरियामाई स्थित पूर्व पश्चिम सडक खण्डमा मङ्गलबार दिउँसो नेपाली सेना सवार ट्रक दुर्घटना हुँदा घाइते हुनुभएका १७ जनाको हेटौँडा अस्पताल र काठमाडौँको छाउनी अस्पतालमा उपचार भइरहेको छ।
मुस्ताङको घरपझोङ गाउँपलिका–४, जोमसोम बजार छेउबाट बगेको कालीगण्डकी नदी । यतिबेला असोज लागेसँगै कालीगण्डकी नदीको सतह ह्वात्तै घटेको छ ।
बैतडी जिल्लाको सुर्नया गाउँपालिका–५, नौघरकी एक किशोरी मृत अवस्थामा फेला परेकी छन् ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–१, छोर्सेरका आङ्ग्याल गुरूङले रोज्जा च्याङ्ग्रालाई ३५ हजारसम्ममा मुस्ताङमै बिक्री गर्नुभयो । नेपालीहरूको महान पर्व दशैंलाई लक्षित गरी ब्यापारी गोठमै पुगेपछि कृषक गुरूङले हातले उचाल्नै नसक्ने केही च्याङ्ग्रालाई ३८ हजारसम्म पार्नुभयो ।
कञ्चनपुर कारागारबाट १८ भारतीय कैदी बन्दीसहित अझै १९३ कैदीबन्दी फरार रहेका छन् । ‘जेनजी’ आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट निस्किएका साढे चार सय कैदी बन्दी मध्ये अझै १९३ कैदी बन्दी भने फरार रहेका छन् ।
लमजुङमा डेङ्गु सङ्क्रमणको जोखिम बढ्दै गएको छ । सदरमुकामसहित जिल्लाका विभिन्न भागमा डेङ्गु संक्रमितहरु बढ्दै गएका हुन् ।
बागमती प्रदेशमा सम्पन्न भएको सचिवहरूको बैठकले हालै सम्पन्न जेनजी आन्दोलनका क्रममा मन्त्रालय, निकाय तथा मातहतका कार्यालयहरूमा भएको क्षतिको विस्तृत विवरण असोज ५ गतेभित्र अनिवार्य रुपमा पेस गर्न निर्देशन दिएको छ ।