कालोपत्र भएको एक महिनामै भत्किन थालेको यहाँको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडकको सुधार गर्ने सम्बद्ध कार्यालय र निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन् ।
जुम्लाको सिँजा उपत्यकास्थित खस राज्यको सभ्यता तथा खस राज्यको दरबार क्षेत्र संरक्षण नगरिँदा इतिहासका कतिपय तथ्य सङ्कटपूर्ण अवस्थामा पुगेका छन् । उचित संरक्षण र उत्खननको अभावमा इतिहास नै नरहने अवस्थामा पुगेका हुन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा दुई लाख ५४ हजार तीन सय ९७ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख २३ हजार चार सय ९१ र महिलाको सङ्ख्या एक लाख ३० हजार नौ सय छ जना रहेको छ ।
आँधीखोला गाउँपालिका– ६ फापरथुम स्याङ्जामा साहित्यिक तथा वैचारिक गोष्ठी र पुस्तक विमोचन गरिएको छ । आनन्दआश्रम ज्ञान केन्द्रले ३५ औँ अध्यायमा संस्थाका सदस्य हिमलाल पुरीद्वारा रचित कवितासंग्रह ‘आक्रोश’को विमोचन गरिएको हो । पुस्तकको वरिष्ठल साहित्यकार विश्वप्रेम अधिकारीले गर्नु भएको हो ।
जुम्लाका नागरिकले विकासनिर्माणमा सक्रिय रहने र जनताको आवाज बोकेर संसद्सम्म पु¥याउने व्यक्तिलाई आगामी निर्वाचनमा भोट दिने बताएका छन् । विगतका निर्वाचनका अनुभव र जनप्रतिनिधिको कार्यसम्पादनको मूल्याङ्कनका आधारमा यस पटक नागरिक सचेत र जिम्मेवार निर्णय गर्न चाहेको देखिन्छ ।
तराई क्षेत्रमा चिसो बढेसँगै टाउँको दुख्ने समस्या लिएर अस्पताल पुग्ने बिरामीको सङ्ख्या बृद्धि भएको छ । चिसो हावा, तापक्रममा आएको परिवर्तन, शरीरमा पानीको कमी, साइनसको समस्या तथा घाँटी र काँध क्षेत्रका मांसपेशी कडा हुनुजस्ता कारणले जाडो मौसममा टाउको दुखाइ बढ्ने चिकित्सकको भनाइ छ ।
सात वर्षअघि सङ्घीय सरकारको पर्यटन मन्त्रालयले भेरीगङ्गा नगरपालिका–५ को गिद्धेडाँडालाई एक सय गन्तव्य सूचीमा घोषणा गरेको थियो । २०७६ मा सङ्घीय सरकारले देशभरका एक सय गन्तव्य सूचीमा पारेर ५० लाख बजेट पनि विनियोजन ग¥यो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले पाँच जान उमेदवारको नाम सिफारिस गरेको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिकको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने योजनालाई प्राथमिकता दिन आवश्यक रहेको बताउनुभएको छ ।
कञ्चनपुरका बस्तीमा जङ्गली हात्ती प्रवेश गरेर आतङ्क मच्चाउन थालेको छ । पुस पहिलो सातादेखि बस्ती प्रवेश गरेको जङ्गली हात्तीको आतङ्कले स्थानीयलाई घर र बालीनाली जोगाउन मुस्किल भएको छ ।
ताप्लेजुङमा दुई हजार पाँच सय ३० जना अपाङ्गता भएका व्यक्तिको पहिचान भइसकेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लामा अपाङ्गता भएका व्यक्तिको सङ्ख्या दुई हजार नौ सय ७८ रहेको भएता पनि हालसम्म जिल्लामा दुई हजार पाँच सय ३० जना अपाङ्गता भएका व्यक्तिको मात्रै पहिचान भइसकेको हो ।
रौतहटको इशनाथ नगरपालिका–४ रामनगर चमटोलमा रहेका विपन्न घरपरिवारलाई आइतबार कम्बल वितरण गरिएको छ ।
गुल्मीको छत्रकोट गाउँपालिकाको अत्याधुनिक प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकार र छत्रकोट गाउँपालिकाको संयुक्त बजेटमा यस गाउँपालिकाको वडा नम्बर–३, भेंडुवामा अत्याधुनिक निर्माणाधीन प्रशासनिक भवनको ९४ दशमलव पाँच प्रतिशत सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले बताउनुभएको छ ।
नेपालमा प्राकृतिक स्रोतको कमी छैन । जलस्रोतमा ब्राजिलपछि दोस्रो धनी मुलुक हो । आर्थिक उदारीकरणको नीतिसँगै जलविद्युत्मा निजी क्षेत्र संलग्न भएसँगै बल्ल मुलुकले फड्को मार्दै छ । करिब चार हजार मेगावाट विद्युत् उत्पादन हुन थालेको छ । लोडसेडिङ हटेको छ । ९८ प्रतिशत नेपालीको घरमा बिजुली पुगेको छ । वर्षायाममा भारत र बङ्गलादेशमा बिजुली निर्यात गर्न
लुम्बिनी सरकारले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्ने तथा हेरफेर गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा आइतबार बसेको लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।