• २२ पुस २०८२, मङ्गलबार

साहित्यिक गोष्ठी तथा पुस्तक विमोचन

blog

साहित्यिक तथा वैचारिक गोष्ठी र पुस्तक विमोचन कार्यक्रममा सहभागीहरु । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, पुस २१ गते ।
आँधीखोला गाउँपालिका– ६ फापरथुम स्याङ्जामा साहित्यिक तथा वैचारिक गोष्ठी र पुस्तक विमोचन गरिएको छ । आनन्दआश्रम ज्ञान केन्द्रले ३५ औँ अध्यायमा संस्थाका सदस्य हिमलाल पुरीद्वारा रचित कवितासंग्रह ‘आक्रोश’को विमोचन गरिएको हो । पुस्तकको वरिष्ठल साहित्यकार विश्वप्रेम अधिकारीले गर्नु भएको हो ।

आनन्दआश्रममा गरिने साहित्यिक गतिविधिले ग्रामीण क्षेत्रमा साहित्यिक जागरण ल्याएको अधिकारीले बताउनुभयो । पुस्तकको समीक्षा अग्रज कवि चिन्तु गिरीले गर्नुभएको थियो । यस्तै कार्यक्रममा पण्डित आनन्दमणि टुल्की नन्दकला स्मृति प्रतिष्ठानले प्रदान गर्ने उत्कृष्ट छात्रा र छात्र पुरस्कारको लागि विद्यार्थीहरूका बीचमा आँधीखोला शीर्षकमा कविता लेखन तथा वाचन गरिएको थियो ।

मूल्याङ्कनमा पूर्णामृत भवानी मावि वालिङ्की छात्रा स्मारिका अर्याल र प्रद्युम्नपनेरु मावि रङ्गेठाँटीका छात्र सम्पन्न पोखरेल उत्कृष्ट ठहरिनु भएको थियो । उहाँहरुलाई २०८२ माघ २४ गते काठमाडौँमा पुरस्कार तथा सम्मान प्रदान गरिने छ ।

कार्यक्रममा हिमलाल पुरी, चिन्तुगिरी, हिमालयजंग बानिया, राजेन्द्र श्रेष्ठ, नारायण लमसाल, देशबन्धु आचार्य, श्यामप्रसाद ढुङ्गाना, त्रिलोचन ढकाल, दोलराज ढकाल, खेमनारायण लामिछाने लगायतले रचना प्रस्तुत गर्नुभएको थियो ।