शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
राधा लुइटेल
फिदिम, चैत १९ गते । पाँचथरमा अरिङ्गालको समूहले टोक्दा एकजना घाइते हुनुभएको छ । कुम्मायक गाउँपालिका–१ का ५८ वर्षीय सानवहादुर लावती अरिङ्गालले टोकेर घाइते हुनुभएको हो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार उहाँलाई आज दिउँसो करिब १ बजे घरनजिकैको खेत तथा जंगलमा रहेको वडहरको रुखमा घाँस काट्ने क्रममा अरिङ्गालको समूह शरिरमा खनिएको थियो ।
रुखको टोड्को भागभित्र रहेको अरिङ्गालले उहाँलाई बाँया खुट्टा, बाँया हात र ढाडमा टोकेर घाइते बनाएको प्रहरीले जनाएको छ ।
घटनाबारे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय यासोकबाट खटिएको टोली सँगै स्थानीयले घाइतेलाई सामान्य उपचार पश्चात थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।