• १९ चैत २०८२, बिहिबार

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

blog

काठमाडौं, चैत १९ गते । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोल र डिजेलमा १५–१५ रुपियाँ वृद्धि गरेको हो ।

पेट्रोलको मूल्य अधिकतम प्रतिलिटर करिब २०२ रुपियाँ  र डिजेल र मट्टितेलको मूल्य करिब १८२ रुपियाँ प्रतिलिटरसम्म पुगेको छ।

यस्तै, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै गएको र भारतीय आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यका कारण मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ।