हिन्दू नेपालीहरूको महान् चाड दसैँ आउन एक साता मात्रै बाँकी छ । यतिबेला दसैँ मनाउनका लागि देश विदेशबाट आफ्नो घर फर्किंदैछन् । सुदूरपश्चिममा भने दसँैको मुखमा काम खोज्दै भारत जानेहरूको लर्को छ ।
एसियाली मापदण्ड अनुसार स्तरोन्नति हुँदै गरेको बुटवल–गोरुसिङ्गे सडकखण्डमा अहिले संरचनागत काम धमाधम भइरहेको छ । असार–साउनमा खासै पानी नपरे पनि पछिल्ला दिनमा निरन्तर झरी परेपछि पुल र अप्रोच सडकमा क्षति पुगेकोले काममा अवरोध भएको हो ।
विसं १८७२ मा तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको पालमा नेपालमै एक मात्र टक काट्ने स्थल भोजपुरको ऐतिहासिक टक्सार बजार स्थापना गरिएको इतिहास छ । यो सहरका मुख्य पहिचानका रूपमा यहाँ ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महत्त्वका मठमन्दिरहरू रहेका छन् ।
जेनजी प्रदर्शनका क्रममा आगजनी हुँदा सर्लाहीको हरिवन नगरपालिकाको दमकल क्षतिग्रस्त बनेको छ । सर्लाही जिल्लाभर र छिमेकी महोत्तरी तथा रौतहट जिल्लामा समेत आगलागी नियन्त्रण गर्न पुग्ने दमकल आगजनीपछि प्रयोग गर्नै नमिल्ने बनेको हो ।
अभिनयमा अब्बल मानिने कलाकारमै पर्नुहुन्छ अभिनेता कामेश्वर चौरसिया । झन्डै दुई दशकअगाडि कलाकार बन्ने सपना बोकेर मधेसको पर्साबाट काठमाडौँ आइपुग्नुभएका अभिनेता चौरासियाले मुख्य भूमिका प्राप्त गर्न सत्र वर्ष प्रतीक्षा गर्नुपर्यो।
जिल्लाका स्थानीय तहमा रहेको विपत् उद्धार सामग्री जलेर नष्ट भएपछि सङ्कट आउने भएको छ । आन्दोलनका व्रmममा पालिकामा रहेका विपत्जन्य घटनामा उद्धार तथा सहयोग सामग्री जलेर नष्ट भएपछि यस्तो अवस्थामा उत्पन्न भएको हो ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डमा ८० प्रतिशत भौतिक काम भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।
लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)बाट गत आर्थिक वर्ष २०८१/०८२ मा ८५ जना पीडितले निःशुल्क सेवा लिएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
जेनजी प्रदर्शनका क्रममा झापाको दमक नगरपालिकामा ठुलो भौतिक क्षति पुगेको छ । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार प्रहरीसहितको उपस्थितिमा गरिएको क्षति मूल्याङ्कन अनुसार २३ करोड रुपियाँभन्दा बढीको क्षति भएको छ ।
नव युवापुस्ता (जेनजी) ले गरेको दुईदिने आन्दोलनसँगै धरापमा परेको मुलुकको शान्तिसुरक्षा क्रमशः लयमा फर्कंदै छ । अन्तरिम सरकार बनेसँगै सरकारले शान्तिसुरक्षा कायम गर्ने विषयलाई पहिलो प्राथमिकतामा राखेको छ ।
जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते बैतडी कारागारबाट भागेका ६२ जना कैदीबन्दीमध्ये ५८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उत्पादन उपभोक्तासँग पु¥याउने आधार व्यापार हो । उत्पादन नभई व्यापार हुँदैन सेवा क्षेत्रमा नवीनतम सोचको सिप, क्षमताले व्यापारमा गतिशीलता ल्याउँछ । आर्थिक क्रियाकलापको उत्पादनपछिको अग्र स्थानमा व्यापार रहेको र अन्तर्राष्ट्रिय स्तरमै व्यापार राजनीतिक एजेन्डामा समेत बन्न थालेको छ । माग र आपूर्तिबिच मूल्य प्रभाव र गुणस्तरका आधारमा व्यापार हुनुपर्नेमा अमेरिकामा डोनाल्ड