भन्सार विभागले चालु आवको दुई महिनासम्म कार्यालयलाई रु ४३ अर्ब तीन करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकामा सो अवधिमा लक्ष्यको ९० दशमलव ९९ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।
विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ ।
रुपन्देहीमा लामखुट्टेबाट सर्ने जापानिज इन्सेफ्लाइटिस (जेई) र डेङ्गु दुवै रोगको सङ्क्रमण एकैसाथ बढ्दै गएको छ । यी रोगका कारण हालसम्म दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय, रुपन्देहीले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा जापानिज इन्सेफ्लाइटिसका १० जना र डेङ्गुका १८४ जना सङ्क्रमित भेटिएका छन् ।
संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’ घोषणा गरेको छ । नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा टेलिकमले आफ्ना ग्राहकहरुका लागि ‘संविधान दिवस अफर २०८२’ उपलब्ध गराइने जनाएको छ ।
गुल्मीको मालिका गाउँपालिका–८ मा रहेको ३३/११ के.भी किसानटारी सवस्टेशन सञ्चालनमा आएको छ । विद्युत प्राधिकरणको योजना तथा प्राविधिक सेवा विभाग मार्फत तीन एम.भी.ए. क्षमताको किसानटारी सवस्टेशन निर्माण सम्झौता भएको नौ वर्षमा सञ्चालनमा आएको हो ।
भोजपुरका सामुदायिक विद्यालयहरूले प्राविधिक शिक्षामा जोड दिएका छन् । शिक्षालाई व्यावहारिकसँगै रोजगारमूलक बनाउने लक्ष्यले प्रविधिमैत्री शिक्षामा जोड दिन थालिएको हो ।
“यति धेरै जग्गाजमिन सबै बाँझो भयो, गाउँभरिका घर सबै रित्तिए, दुःख पर्दा सहायता दिने छिमेकी पनि छैनन्”, बागलुङ काठेखोला गाउँपालिका–५ कर्लिमका तिलबहादुर कँडेल भन्नुहुन्छ । उहाँलाई अचेल एक्लो महसुस हुँदै गएको छ ।
हिन्दू नेपालीहरूको महान् चाड दसैँ आउन एक साता मात्रै बाँकी छ । यतिबेला दसैँ मनाउनका लागि देश विदेशबाट आफ्नो घर फर्किंदैछन् । सुदूरपश्चिममा भने दसँैको मुखमा काम खोज्दै भारत जानेहरूको लर्को छ ।
एसियाली मापदण्ड अनुसार स्तरोन्नति हुँदै गरेको बुटवल–गोरुसिङ्गे सडकखण्डमा अहिले संरचनागत काम धमाधम भइरहेको छ । असार–साउनमा खासै पानी नपरे पनि पछिल्ला दिनमा निरन्तर झरी परेपछि पुल र अप्रोच सडकमा क्षति पुगेकोले काममा अवरोध भएको हो ।
विसं १८७२ मा तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको पालमा नेपालमै एक मात्र टक काट्ने स्थल भोजपुरको ऐतिहासिक टक्सार बजार स्थापना गरिएको इतिहास छ । यो सहरका मुख्य पहिचानका रूपमा यहाँ ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महत्त्वका मठमन्दिरहरू रहेका छन् ।
जेनजी प्रदर्शनका क्रममा आगजनी हुँदा सर्लाहीको हरिवन नगरपालिकाको दमकल क्षतिग्रस्त बनेको छ । सर्लाही जिल्लाभर र छिमेकी महोत्तरी तथा रौतहट जिल्लामा समेत आगलागी नियन्त्रण गर्न पुग्ने दमकल आगजनीपछि प्रयोग गर्नै नमिल्ने बनेको हो ।
अभिनयमा अब्बल मानिने कलाकारमै पर्नुहुन्छ अभिनेता कामेश्वर चौरसिया । झन्डै दुई दशकअगाडि कलाकार बन्ने सपना बोकेर मधेसको पर्साबाट काठमाडौँ आइपुग्नुभएका अभिनेता चौरासियाले मुख्य भूमिका प्राप्त गर्न सत्र वर्ष प्रतीक्षा गर्नुपर्यो।
जिल्लाका स्थानीय तहमा रहेको विपत् उद्धार सामग्री जलेर नष्ट भएपछि सङ्कट आउने भएको छ । आन्दोलनका व्रmममा पालिकामा रहेका विपत्जन्य घटनामा उद्धार तथा सहयोग सामग्री जलेर नष्ट भएपछि यस्तो अवस्थामा उत्पन्न भएको हो ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डमा ८० प्रतिशत भौतिक काम भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा