बाजुरा, चैत १९ गते ।बाजुराको बुढीगङ्गा नगरपालिका-६ बाम्काको बाम्का बजारमा बीस वर्षपछि शौचालय निर्माण गरिएको छ।बजार स्थापना भएको झण्डै बीस वर्ष पुग्दा पनि अहिले सम्म यहाँ कुनै निकाय देखि शौचालय निर्माण हुन सकेको थिएन ।
यती बेला बुढीगङ्गा नगरपालिका-६ को वडापालिकाले पाँच लाख रुपियाँ रकम विनियोजन गरेसँगै बजार स्थापना भएको बिस वर्षपछि बल्ल बजारमा सुविधा सम्पन्न शौचालय निर्माण गरिएको हो ।
त्रिवेणी नगरपालिका स्थानीय मीन बुढाले, “ बजारमा राम्रो शौचालय निर्माण नहुँदा यहाँ आउने गरेका ग्राहक तथा यात्रुवर्गलाई दिसा पिसाब गर्न सास्ती हुने गरेको बताउनुभयो ।उहाँले भन्नभुयो, “अहिले बल्ल पालिकाको आर्थिक सहयोगमा राम्रो शौचालय निर्माण कार्य सम्पन्न भएको छ ।”
जिल्लाका यी धेरै बजारमा स्थानीय, प्रदेश र सङ्घीय सरकारले राम्रो शौचालय निर्माण गरेका भएपनि बाम्का बजारमा भने कसैको नजर पुगेको थिएन ।
शौचालय नहुँदा यहाँ आउने गरेका जो कोहीलाई दिसा पीसाब गर्न समेत निकै समस्या हुने गथ्यो ।बाम्का बजार व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र गिरीले बाम्का बजार जिल्लाकै एक मुख्य बजारको रुपमा चिन्निछ ।
राम्रो शौचालय नहुँदा यहाँ आउने गरेका ग्राहकले बाहिर दिसा पिसाब गर्दा बजार समेत दुर्गन्धित बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय आफूले पालिका तथा अन्य निकाय सम्म समन्वय गर्दै आएपछि बल्ल यो वर्ष बाम्का बजारमा सुविधा सम्पन्न शौचालय निर्माण कार्य सम्पन्न भएको छ ।”
शौचालय निर्माण भएसँगै खानेपानी तथा अन्य बसपार्क समेतको व्यवस्था भएपछि अहिले यहाँका स्थानीयलाई दिसा पिसाब गर्न गाडी पार्किङ गर्न सहज भएको गिरीले बताउनुभयो ।
बुढीगङ्गा नगरपालिका-६ का वडा अध्यक्ष हेमराज जोशीले, “गत आर्थिक वर्ष २०८२ ÷८३ सालको बजेटबाट बाम्का बजारमा शौचालय निर्माणका लागि झण्डै पाँच लाख रुपियाँ विनियोजन गरेको बताउनुभयो ।
उहाँले भन्नभयो, “अहिले त्यो रकमबाट बाम्का बजारमा शौचालय निर्माण कार्य सम्पन्न भएको छ ।”शौचालय निर्माण गरिएसँगै खानेपानी समेत बजार सरसफाइ गर्नका लागि समेत बजारमा फोहर जम्मा गर्ने डस्टबिन समेत राखेको जोशीले बताउनुभयो ।