पोखरा थिएटरको आयोजनामा तयार पारिएको नाटक ‘मखी ताल’ आइतबारदेखि पोखरा महानगरका विभिन्न वडाहरूमा देखाइएको छ ।
रौतहटमा इभी गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
सोलुखुम्बु जिल्लामा दलित तथा पिछडिएका समुदायलाई लक्षित गर्दै धार्मिक कर्मकाण्डसम्बन्धी तालिम सुरु भएको छ। हिन्दु धर्ममा गरिने विभिन्न धार्मिक विधि, पूजापाठ तथा संस्कारबारे व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले एक साताको तालिम आयोजना गरिएको हो।
शतायु नाघेका म्याग्दी जिल्लाको बेनी नगरपालिका–२, बगरफाँटका खड्गबहादुर थापा शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनुहुन्छ । नियमित दिनचर्या, खानपान र धार्मिक आस्थालाई जीवनको आधार बनाउनुभएका उहाँको दीर्घायु यहाँका मानिसहरूका लागि प्रेरणा बनेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले समाजमा शान्ति, सद्भाव र अमन चैन कायम राख्दै बहुसांस्कृतिक र बहुजातीय उक्त देशमा धार्मिक विद्वेष फैलने खालका कुनै पनि आचरण र घृणाजन्य अभिव्यक्ति नदिन सबैमा आग्रह गर्नुभएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले महिलामैत्री नीति कागजमा मात्र सीमित नरही व्यावहारिक रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ । महिलालाई उद्यम, व्यवसाय र स्टार्टअप क्षेत्रमा वास्तविक पहुँच र अवसर दिन नसकेसम्म नीतिको औचित्य पुष्टि नहुने उहाँको भनाइ थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८१-०८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ ।
सन् २०२५ को एक वर्षको अवधिमा १४ हजार नौ सय ८० जना पर्यटकले उत्तरी गोरखाको मनास्लु क्षेत्र भ्रमण गरेका छन् ।
भार्सेली समाज हङकङको सहयोगमा भार्सेका सवै विद्यालयका शिक्षक तथा विद्यार्थीलाई न्यानो कपडा (ट्रयाकसुट) वितरण गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको ध्यान गुणस्तरीय बिजुलीमा केन्द्रित रहेको बताउनुभएको छ । ‘प्रादेशिक कार्यालयका उत्कृष्ट ग्राहकलाई सम्मान गर्ने अभियान’ का लागि कर्णाली र सुदूरपश्चिम प्रदेश पुग्नु भएका उहाँले त्यहाँका विभिन्न वितरण केन्द्र र सब–स्टेशनको निरीक्षण गर्ने क्रममा यस्तो बताउनुभएको हो ।
खोटाङका थप दुई ठाउँमा बेलिब्रिज जडान हुने भएको छ ।
सल्यानमा यही पुस १४ देखि हराइरहेकी एक महिला मृत फेला परेकी छन् । कपुरकोट गाउँपालिका वडा नं–४ निवासी ७१ वर्षीया कृष्णी घर्ती आइतबार जङ्गलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न स्थानमा तापक्रम घटेको छ । जल तथा मौसम विज्ञानविभागका अनुसार पछिल्लो २ दिनमै काठमाडौँको न्यूनतम तापक्रम १ डिग्री घटेर आज तीन दशमलव पाँच डिग्रीमा झरेको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले धर्म, जाति र समुदायबिचको सहअस्तित्व नै मधेशको मौलिक पहिचान भएको उल्लेख गर्दै धार्मिक सद्भाव बिगार्ने कुनै पनि प्रयास अस्वीकार्य हुने स्पष्ट पार्नुभएको छ ।
कृषि ज्ञान केन्द्र धनकुटाले १७७ मुरी धान उत्पादन गर्ने एक कृषकसहित अन्य सात जनालाई नगदसहित सम्मान गरेको छ । केन्द्रले एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट कृषकलाई जनही नगदसहित सम्मान गरेको हो ।