‘द एकेडेमी अफ् मोसन पिक्चर आट्र्स एन्ड साइन्सेस् (अस्कर अवार्ड)’मा नेपालको प्रतिनिधित्व चलचित्र ‘अञ्जिला’ले गर्ने भएको छ ।
संविधान दिवसको अवसरमा उच्च अदालत बार एकाइ बागलुङले धौलागिरि प्रादेशिक अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोग र राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८१-०८२ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार राति भएको खेलमा पाकिस्तानले घरेलु टोली युएईलाई ४१ रनले हरायो ।
इन्सेकले सङ्कलन गरेको क्षतिको विवरण अनुसार प्रदेशमा एक सय ४७ वटा सरकारी कार्यालय तथा सार्वजनिक संरचना, ३८ पार्टी कार्यालयहरु र ६८ वटा निजी सम्पत्ति गरी दुई सय ५३ संरचनामा तोडफोड तथा आगजनी भएको हो ।
अस्ट्रेलियाले सन् २०३५ सम्ममा आफ्नो हरितगृह ग्यास उत्सर्जनलाई सन् २००५ को स्तरभन्दा ६२ प्रतिशतदेखि ७० प्रतिशतसम्म कम गर्ने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ ।
यहाँको भोक्राहा नरसिंह गाउँपालिका–३ पुल्चोकमा आज बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छभने २२ जना घाइते भएका छन् ।
सल्यानका दुई स्थानमा कल्भर्ट निर्माण योजना अलपत्र पर्दा सवारीसाधन आवतजावतमा समस्या भएको छ ।
घरेलु मैदानमा बुधबार राति भएको एकपक्षीय खेलमा फ्रेन्च टोली पिएसजीले इटालियन क्लब एटलान्टालाई ४–० गोलले हरायो ।
शाही स्वागतपछि अब राजनीति केन्द्रमा आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बेलायती प्रधानमन्त्री किर स्टार्मरसँग भेट गर्दै हुनुहुन्छ । भेटमा प्राविधिक लगानी, इस्पात शुल्क र जटिल कूटनीतिक मुद्दा एजेन्डामा छन् ।
पश्चिम नेपालको २४ जिल्लाका बिरामीलाई सस्तो र सहुलियतमा स्वास्थ्य सेवा प्रदान गर्दैआएको नेपालगन्जस्थित भेरी अस्पतालको सिटिस्क्यान डेढ वर्षदेखि विग्रिएर विरामीलाई उपचारमा समस्या भएको छ ।
श्रीलङ्कामा जारी साफ यु–१७ च्याम्पियनसिपमा नेपालले बिहीबार (आज) बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा ४ र ३ अन्तर्गत पर्ने विशाल चौकदेखि राजविराजसम्म सडक निर्माणको नाममा लाखौं रकमको अनियमितता गरेको स्थानीयले आरोप लगाएका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जमा गत साउन महिनादेखि बन्द भएको जिप सफारी खुला गरिएको छ । चाडबाडको समयमा निकुञ्ज घुम्न आउने पर्यटकलाई मध्येनजर गर्दै निकुञ्जले जिप सफारी खुला गरेको हो ।
नेपालको इतिहासमा पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारी बराल कानुन व्यवसायी भएर ४० वर्षभन्दा कामभन्दा बढी काम गर्नुभयो । विसं २०१७ पुस ६ गते राजविराजमा जन्मिनुभएकी वरिष्ठ अधिवक्ता भण्डारीको कानुन व्यवसायमा सक्रिय हुनुहुन्थ्यो ।