महिला सरकारी वकिलको समानुपातिक सहभागिता सुनिश्चित गरिनुपर्ने मासहित १३ बुँदे घोषणापत्र जारी गर्दै महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्यको चुनावलाई आवश्यक बजेटका लागि दातृ निकाय वा छिमेकीको मुख ताक्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।
‘जेनजी’ प्रदर्शनका क्रममा जलाइएका ठुला दलका पार्टी कार्यालयमा सरसफाइ कार्यक्रम जारी छ ।
नेपाल र वेस्ट इन्डिजबिच संयुक्त अरब इमिरेट्स (युएई)मा हुने टी–२० सिरिज खेल्न जाने नेपाली नेपाली टोली बिदाइ गरिएको छ ।
नेकपा (एमाले) अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सेनाको सुरक्षाबाट बाहिरनुभएको छ।
दसैँलक्षित नागरिक सहायता कक्ष बिहीबारदेखि सञ्चालनमा आएको छ।
कारागारबाट भागेका ७६ जना कैदी बन्दीमध्ये नौ जना अझैसम्म पनि नियन्त्रणमा आउन सकेका छैनन् । जिल्ला कारागार शाखा म्याग्दीबाट गएको भदौ २५ गते बुधबार तोडफोड गरेर भागेका ७६ जना कैदीबन्दीमध्ये ६७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको भए पनि नौ जना अहिलेसम्म नियन्त्रण बाहिर छन् ।
मिथ्या र भ्रामक सूचना रोक्न व्यक्ति स्वंय अनि सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने सरोकारवाला निकायले जोड दिएका छन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सेवा प्रवाहमा कुनै प्रकारको ढिलासुस्ती नगर्न मातहतका नियन्त्रकलाई निर्देशन दिनुभएको छ । विभिन्न मन्त्रालयका मन्त्री, प्रमुख सचिव, सचिवहरुको उपस्थितिमा बिहीवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी) मा बसेको लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकलाई सम्बोधन गर्दै उहाँले सेवा प्रवाहमा सुधार आवश्यक रहेको बताउनुभएको हो ।
युवा पुस्ता (जेनजी) आन्दोलनको क्रममा आगजनीबाट क्षति भएको कैलालीको यातायात व्यवस्था कार्यालयले आजबाट केही सेवा सुचारु गरेको छ ।
नेकपा (एमाले) बागलुङको पार्टी कार्यालयमा झण्डा र बोर्ड राखिएको छ । एमाले बागलुङको नेता कार्यकर्ताहरुको उपस्थितिमा बिहीबार कार्यालयमा पुनः जिल्ला कमिटीको बोर्ड र पार्टी झण्डा राख्दै सरसफाई गरिएको हो ।
नेपाली सेनाका सूचना अधिकृत सहायक रथी राजाराम बस्नेतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाको स्वास्थ्य सुधारउन्मुख रहेको जानकारी दिनुभयो ।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो खेलमा दर्शक टिकट बिक्रीबाट प्राप्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्याललाई बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) र सेभ द चिल्ड्रेनले संयुक्त रूपमा नेपालमा “जेन जी” नेतृत्वको राजनीतिक आन्दोलनमा बालबालिका तथा युवाको अधिकार उल्लङ्घन र तत्कालका आवश्यकताको दू्रत मूल्याङ्कन सम्बन्धी प्रतिवेदन पेस गरेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दसैँमा खसी, बोका तथा च्याङ्ग्रा नल्याउने बताएको छ।