निजी क्षेत्रका प्रतिनिधि संस्थाले मर्यादित रूपमा उच्च मनोबलका साथ व्यवसाय गर्ने वातावरण निर्माणका लागि सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीले गृहमन्त्री ओमप्रकाश आर्यालसँग गृह मन्त्रालयमा छुट्टाछुट्टै भेट गरी यस्तो आग्रह गरेका हुन् । उनीहरूले उद्यमी व्यवसायीलाई शान्तिसुरक्षाको प्रत्याभूति दिन सरकारलाई तत्काल ठोस कदम चाल्न सुझाव दिए ।
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै लोकतन्त्र, मानव अधिकार र सामाजिक न्यायलाई सुदृढ बनाउन सबैलाई आह्वान गर्नुभएको छ ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभा नभएको वर्तमान अवस्थामा संसद्को जिम्मेवारी र संवैधानिक दायित्व पूरा गर्न राष्ट्रियसभा सदैव क्रियाशील रहने विश्वास दिलाउनुभएको छ ।
अर्थमन्त्री रामेश्वर खनालले फागुन २१ मा गरिने सङ्घीय संसद्को चुनावका लागि आवश्यक बजेटका लागि दातृ निकाय वा छिमेकीको मुख ताक्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकताको आवश्यकता औँल्याउनुभएको छ ।
सभामुख देवराज घिमिरेले शुक्रबारको नेपाली जनताले संविधानविरोधी गतिविधिलाई समयमा नै बुझ्न सकेमात्रै संविधानको रक्षा र विधिको शासनको प्रवर्वन हुने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपियाँ ७१ पैसा र बिक्रीदर १४१ रुपियाँ ३१ पैसा कायम भएको छ ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जेएनजी आन्दोलनका क्रममा निधन भएकाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले संवैधानिक अङ्ग तथा निकायमा समावेशी सिद्धान्तको पूर्ण पालना गर्नु सबै पक्षको सक्रियता एवं प्रतिबद्धता अपरिहार्य हुने बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतान्त्रिक विधि प्रक्रियामार्फत संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउने बताउनुभएको छ ।
जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतको इजलास, मुद्दाका मिसिल तथा सम्पूर्ण पूर्वाधारमा क्षति पुगेपछि प्राङ्गणमा पाल टाँगेर इजलास सुरु गरिएको छ ।
नेपालबाट मनसुन बाहिरन समय लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार मनसुन सक्रिय रहेकाले तत्काल बाहिरिने देखिएको छैन ।
बाँके–सङ्ग्रामपुर सडक खण्डअन्तर्गत सर्लाहीको हरिपुर्वा नगरपालिका –५, मा बिहीबार साँझ मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।