साढे तीन करोड बढी लगानीमा निर्माण गरिएको कञ्चनपुरको कृष्णपुर नगरपालिकाको भवनमा आगलागी हुँदा दुई करोड बढीको क्षति पुगेको छ ।
पर्यटन व्यवसायीका लागि यो मौसम पर्यटकीय गतिविधिले उभार पाउने मौसम हो । मनसुन सकिएको र चाडबाड सुरु भएसँगै आन्तरिक र बाह्य पर्यटक घुम्न निस्कन्छन् । अघिल्ला वर्षमा यो अवधिमा पोखराका होटेल आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भरिन थाल्थे तर यो पटक भने पोखरा सुनसान जस्तै बनेको छ । भदौ २३ र २४ को जेनजी आन्दोलनले गर्दा पाहुनाको आगमन खस्किएको हो ।
बाह्र वर्षमा खोलो पनि फर्किन्छ भन्ने गाउँघरतिर एउटा लोकप्रिय उक्ति छ तर गुल्मीमा बाह्र होइन, तेह्र वर्ष नाघ्दासमेत एउटा पुल बन्न सकेको छैन । तीन वर्षमा बन्नुपर्ने पुल तेह्र वर्षमा पनि अझै बन्न नसक्दा यहाँका बासिन्दा निकै पीडित भइरहेका छन् । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ को पुल क्याम्प र स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ चण्डी भन्ज्याङ जोड्ने गरी कालीगण्डकी नदीमा तीन वर्षमा बन्नुपर्ने पुल १३ वर्ष बित्दासमेत अझै बन्न सकेको छैन ।
जेनजी आन्दोलनका क्रममा प्राण गुमाएका दुई सहिदका परिवारले अब देशमा कहिल्यै यस्तो त्रासदी दोहोरिन नदिन सरकारलाई आग्रह गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका–१, धम्बोझीका २३ वर्षीय सुलभराज श्रेष्ठ र १९ वर्षीय आयुष थापाको परिवारले संयुक्त स्वरमा राजनीतिक नेतृत्व लिनेहरूसँग आग्रह गर्दै भने, “हाम्रो काख त रित्तियो, तर अब कुनै पनि विद्यार्थी वा युवाले अनाहकमा ज्यान गुमाउन नपरोस् । हामीलाई परेको पीडा अब कसैलाई नपरोस् । देशमा सुशासन कायम होस्, भ्रष्टाचार सधैँका लागि अन्त्य होस् ।”
जेनजीको प्रदर्शनपछि वातावरण सहज भए लगत्तै राजविराजस्थित रहेको उच्च अदालत जनकपुर राजविराज इजलास तथा सप्तरी जिल्ला अदालतका कर्मचारीहरू तीव्र रूपमा सरसफाइमा जुटेका छन् ।
आगलागी र तोडफोडका कारण पश्चिम नवलपरासीका सरकारी निकायमा तीन करोड बढीको क्षति भएको छ ।
पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको अवसरमा लामो संघर्ष, बलीदानबाट प्राप्त संविधान र लोकतान्त्रिक गणतन्त्रात्मक संघीय समावेशी व्यवस्था, जनताको अधिकार स्थापित भएको दिनको रक्षा गर्न सबैमा आग्रह गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी)का अध्यक्ष माधवकुमार नेपालले संविधानको कार्यान्वयनमा देखिएका कमजोरीको वस्तुनिष्ट समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशमा सुशासन कायम गर्न आह्वान गर्नुभएको छ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिकाले कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य तोकेको छ । स्थानीय कृषि उत्पादनको बजारीकरणलाई सहज बनाउन गाउँपालिकाले न्यूनतम समर्थन मूल्य तोकेको हो ।
पशुपालनका हिसाबले जुम्ला प्रख्यात भए पनि दुध, मासु र अण्डामा अझै आत्मनिर्भर हुन सकेको छैन । सङ्ख्याका हिसाबले धेरै पशु भए पनि माथिका तीन वटै कुरामा जुम्ला आत्मनिर्भर हुन अझै केहि वर्ष लाग्ने देखिन्छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
कोशी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्कीले हालको विषम परिस्थितिमा विभिन्न समस्यालाई चिर्दै अघि बढ्नु अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।
राजविराज नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवाहरु स्थगित गरेको छ । स्वास्थ्य सिफारिस, सरसफाई लगायत अति आवश्यक सेवा बाहेक नगर कार्यपालिका कार्यालय सम्पूर्ण शाखाहरुबाट प्रवाह हुने अन्य सबै सेवाहरु स्थगित गरेको हो ।
कारागार कार्यालय सप्तरीबाट फरार कैदीबन्दीमध्ये ८२ जनालाई हालसम्म प्रहरीले पक्राउ गरेको छ । भदौ २५ गते बुधबार कारागारको मुख्य गेट तोडी तीन सय ९७ कैदीमध्ये दुई सय पाँच जना फरार भएका थिए ।