ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको छ ।
रौतहटको राजदेवी नगरपालिका –४ मा शुक्रवार बिहान पुरुषको शव फेला परेको छ । गडहिया घाटस्थित बागमती नदीको किनारमा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ का अवसरमा शुक्रबार बेनीमा प्रभातफेरी गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहेको संविधान दिवस तथा राष्ट्रिय दिवस जिल्ला स्तरीय कार्यक्रम आयोजक समितिको आयोजनामा प्रभातफेरी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको निर्देशनमा साविकको निमित प्रमुख प्रशासकीय अधिकृतको नाममा रौतहटका १४ वटा स्थानीय तहको खाता सञ्चालन सुचारु हुने भएको छ ।
आज नेपालको संविधान २०७२ जारी भएको १० वर्ष पुगेको छ । यसबिचमा धेरै उतारचढाव आए । सङ्घीयता पूर्ण रूपमा कार्यान्वयन नहुँदै खारेज हुनुपर्ने विषय उठे । पछिल्लो पटक सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द ग¥यो ।
आगजनीबाट तहसनहस भएका सर्लाहीका विभिन्न पालिकाका वडा कार्यालयहरुलाई सेवा सुचारु गर्न कठिन भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले जनताको आवाजको सुनुवाइ नै लोकतन्त्रको आत्मा भएको बताउनुभएको छ । लोकतान्त्रिक प्रणाली आवाज सुन्ने व्यवस्था हो भन्दै उहाँले संविधान दिवस संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्याङ्कन गर्ने दिन पनि हो भन्नु भएको छ ।
संविधान दिवसका अवसरमा आज बिहान बृहत शान्ति र्यालीको आयोजना गरिएको छ । काठमाडौँको माइतीघरबाट सुरु भएको शान्ति र्याली भद्रकाली, सहिदद्वार, त्रिपुरेश्वर, थापाथली हुँदै पुनः माइतीघर पुगेर सभामा परिणत भएको थियो ।
जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते तोडफोड र आगजनीले नष्ट भएको पोखरा महानगरले बिहीबारबाट सेवा आरम्भ गरेको छ । शुक्रबार संविधान दिवस र शनिबारको बिदामा व्यवस्थापनपछि आइतबारबाट सबैजसो सेवा सुरु हुने महानगरले जनाएको छ ।
आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण क्षति पुगेपछि कैलालीको घोडाघोडी र गौरीगङ्गा नगरपालिकाका कार्यालय सञ्चालन नियमित हुन सकेका छैनन् । प्रदर्शनकारीले नगरपालिकाको प्रशासकीय भवनका साथै सबै वडा कार्यालयमा तोडफोड गरेर आगो लगाएपछि नियमित कार्यसञ्चालनमा समस्या भएको हो ।
शान्तिको प्रतीक परेवा उडाएर संविधान दिवस, २०८२ मनाइएको छ । संविधान दिवस मूल समारोह समिति चितवनले आज यहाँ दुई जोडी परेवा उडाएर संविधान दिवस मनाएको हो ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस क्षमतामा विस्तार गरिएको छ ।
लामो समय धुलो र हिलोले हिँड्न नसक्ने ग्रामीण सडकहरु कालोपत्रे हुन थालेका छन् । गुल्मीको इस्मा गाउँपालिका–२ स्थित छल्दी–रातडाँडा सडक दुई दशकपछि कालोपत्रे भइरहेको छ ।
कैलालीमा रहेको सबैभन्दा पुरानो प्रशासनिक भवन नष्ट भएको छ । जिल्ला प्रशासन कार्यालयमा रहेको सो राणाकालीन ऐतिहासिक भवन नष्ट भएको हो ।
शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा स्थानीय किसानले पालेका गाईको बाच्छीमा लम्पी स्किन रोगको सङ्क्रमण पुष्टि भएको छ ।