समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
तनहुँको सदरमुकाम दमौलीमा रहेको प्रदेश अस्पताल दमौली आजभोलि बिरामीको उपचारभन्दा बढी बिजुलीको भुक्तानीको चिन्तामा छ । आर्थिक संकटको सामना गर्दै आएको अस्पताललाई हालैको प्राविधिक क्षतिले थप असहज बनाएको छ ।
म्याग्दीमा भएको भाडादर निर्धारण समितिको बैठकले जिल्ला भित्रको पक्की, कच्ची सडकमा बस, जीप तथा ट्याक्सीको भाडादर निर्धारण गरेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जेनजी समूहको आन्दोलनका व्रmममा आगजनी र तोडफोडबाट क्षति भएका प्रदेशका भौतिक संरचनाको मर्मत गरी तत्काल सञ्चालनमा ल्याउने बताउनुभएको छ । उहाँले क्षति
तत्कालीन राष्ट्रपति विद्यादेवि भण्डारीले लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउँदै सुशासन र पारदर्शिता कायम गर्न तथा भ्रष्टाचार निवारण गर्न संविधानको पालना र कानुनको शासन अपरिहार्य रहेको बताउनुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
आज संविधान दिवस । एक दशकअघि २०७२ सालमा आजकै दिन संविधान सभाले कठिन परिस्थितिमा संविधान जारी गरी देशलाई अनिश्चयको भुमरीबाट बाहिर ल्यायो । नेपालको संवैधानिक विकासको यात्रा आठ दशकको छ । विसं २००४ सालमा नेपाल सरकारको वैधानिक कानुन पहिलो संवैधानिक विधि थियो । त्यसअघि मुलुकी ऐन, १९१० ले सामान्य विधि दिए पनि त्यो मूल कानुन थिएन । राणाकालको अन्त्यतिर नेपाल सरकारको वैधानिक कानुन जारी त भयो तर कार्यान्वयनमा आएन । सात सालको क्रान्तिले १०४ बर्से जहानियाँ राणाशासन अन्त्य गरे
कतिपय इतिहासमा समयका निकै निर्मम छाया विम्बित हुन्छन् । अनि कतिपय परिवर्तन ती भयानकताका ऐना बनिदिन्छन् । नेपाल एउटा यस्तो देश हो, जसको इतिहासमा यस्ता कैयौँ भयावह संयोग मिसिएका छन् । हो, फेरि हा
हरेक मानिस समाजमा जन्मिन्छ, हुर्कन्छ, वयस्क, वृद्ध हुँदै मृत्युवरणमा पुग्छ । मानिस वयस्क अवस्थासम्म पुग्न निजका आमा बुबाको भूमिका र कर्तव्य त रहन्छ नै, त्यसका अलवा ऊ जन्मिएको घर, परिवार, गाउँ, समाज र समग्रतामा भन्दा राष्ट्रको समेत लगानी रहेको हुन्छ । त्यसैले उसलाई उक्त देशको नागरिक भनिन्छ । नागरिक भन्नु राष्ट्र र व्यक्तिबिचको औपचारिक सम्बन्ध हो । एउटा मान्छे नागरिक त्यति बेला हुन्छ, जति बेला कानुनी तथा संवैधानिक रूपमा मान्यता प्राप्त गर्छ । मान्छे कानुनी हिसाबले कुनै देशसँग प्रत्यक्ष सम्बन्ध हुँदैन भने त्यो अवस्थामा उसलाई
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
विश्वविद्यालय शिक्षामा आमूल परिवर्तन ल्याई गुणस्तरमा सुधार अहिलेको आवश्यकता हो । सुधारको प्रयासका लागि ज्ञानलाई सिप र रोजगारसँग जोड्ने र पढ्दै कमाउँदै गर्ने नीति पनि सरकारले नल्याएको होइन तर ती कागजमै मात्र सीमित रहे । नेपाली युवा विद्यार्थी रोजगारीका लागि प्रत्येक दिन सयौँको सङ्ख्यामा विदेश पलायन भइरहेका छन् । गुणस्तरीय शिक्षा भनेको केवल डिग्री लिनु मात्र नभ
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले संविधानको रक्षा, कार्यान्वयन र सम्वर्द्धनमा योगदान दिन सबैलाई आह्वान गर्नुभएको छ ।
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधान दिवसको शुभकामना व्यक्त गर्नुभएको छ ।
दोलखा जिल्लाको कालिन्चोकबारे लेखिएको ‘उत्कृष्ट गन्तव्य कालिन्चोक’ पुस्तक लोकार्पण भएको छ । पत्रकार एवं लेखक रोहिणीप्रसाद घिमिरेले लेख्नुभएको पुस्तकको लोकार्पण कामना न्युज पब्लिकेसन्सका प्रबन्ध निर्देशक दिरेकलाल श्रेष्ठ र नेपाल समाचारपत्रका सम्पादक सागर पण्डितलगायतले संयुक्त रूपमा गर्नुभयो ।
भ्रष्टाचारविरुद्धको प्रदर्शनमा ज्यान गुमाएका जेनजी सहिदको सम्झनामा ‘मिसेस नेपाल वल्र्ड २०२५’ का प्रतियोगीले संविधान सभा भवनपरिसरमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेका छन् ।