१२० वर्ष अघिको गोर्खापत्र
गुलर्या माघ सांस्कृतिक महोत्सव २०८२ (थारु सम्बत २६४९) को तयारी अन्तिम चरणमा पुगेको छ ।
कर्मचारीको वृत्तिपथका विभिन्न अवयवमध्येको एक हो, सरुवा प्रणाली । राज्यका नीतिलाई नतिजामा बदल्न उपयुक्त स्थानमा उपयुक्त उम्मेदवारलाई जिम्मेवारी प्रदान गर्ने, कार्यबोझ कम गर्ने, अनुभव हासिल गरी व्यावसायिकता अभिवृद्धि गर्ने एवं उत्प्रेरित भई उच्च मनोबलका साथ काममा संलग्न हुने वातावरणको सिर्जना सरुवाको माध्यमबाट गर्नु पर्छ । हाम्रो मुलुकमा कतै स
तीन दिनअघि वीरेन्द्रनगर नगरपालिका–१२, बिरुवाबारी सुर्खेतमा गोपी बुढाको कोठामा कोइला बालेर सुतेका कारण अक्सिजन कम भई ३८ दिनको एक शिशुको ज्यान गएको छ । गोपीका श्रीमती तारा बुढा, उहाँकी भदैनी सङ्गम बुढा र छोरा प्रकाश बुढालाई निसास्सिएर बेहोस अवस्थामा उद्धार गरी भेरी अस्पतालमा पु¥याइएको थियो र हाल उहाँहरू उपचाररत हुनुहुन्छ । गोपी बुढा भने कामको सिलसिलामा बाहिर हुनुहुन्छ ।
तनहुँको भिमाद नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरण र किसानका समस्या समाधानका लागि ‘किसानसँग नगर प्रमुख’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
पोखरा थिएटरको आयोजनामा तयार पारिएको नाटक ‘मखी ताल’ आइतबारदेखि पोखरा महानगरका विभिन्न वडामा मञ्चन गरिएको छ । वातावरण संरक्षण, फोहोर व्यवस्थापन र स्वच्छ जीवनशैलीबारे जनचेतना जगाउन पोखरा महानगरका ३३ वटै वडामा नाटक मञ्चन गरिने छ । नाटक पहिलो दिन पोखरा महानगरपालिका वडा नं. ३०, ३१ र ३२ मा मञ्चन गरिएको छ ।
प्राध्यापक डाक्टर बाबुराम शर्मा पोख्रेलका दुई कृति हिमवत्खण्डको समीक्षात्मक अध्ययन र स्तुति पुष्पाञ्जली सार्वजनिक भएका छन् । डा. पोख्रेलका हिमवत्खण्डको समीक्षात्मक अध्ययनको नेपाली भाषामा अनुवादसहित तथा स्तुति पुष्पाञ्जली संशोधनसहित दोस्रो संस्करण सार्वजनिक भएको हो ।
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
कोशी प्रदेशमा लगानी सम्मेलन भएको नौ महिनाको अवधिमा एउटा परियोजना उत्पादनमूलक बनेको छ । सार्वजनिक–निजी साझेदारीको नमुना परियोजना प्रदेश सरकारको नयाँ आम्दानी दिने स्रोतसमेत बनेको हो ।
दुध उत्पादन बढाई किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले दाङको देउखुरीमा हुलाकी राजमार्गलक्षित भैँसीको वंश सुधार कार्यक्रम सञ्चालन हुने भएको छ ।
सानो लगानीबाट पनि आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण रुपन्देहीको सैनामैना नगरपालिका–८, रामापुरको अधिकारी परिवार बनेको छ । २०५७ सालमा फर्सुराम अधिकारीले एक घारबाट सुरु गरेको मौरीपालन अहिले पाँच सय घारमा पुगेको छ भने मौरीपालनबाटै मासिक एक लाख आम्दानी गर्न अधिकारी परिवार सफल भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले महिला उद्यमशीलता विकासलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री सिन्हाले महिलालाई सिप विकास गरी उद्यमशीलता हासिल गराउन मन्त्रालयले विशेष प्राथमिकता दिएको बताउनुभएको हो । महिलालाई व्यवसाय सञ्चालन गर्न अवसरसँगै चुनौती रहे पनि व्यवसायलाई निरन्तरता दिँदै सूचना प्रविधिको प्रयोग, इकमर्सको प्रयोगबाट व्यवसाय विस्तार गर्न सकिने उहाँको भनाइ छ ।
देशको अर्थतन्त्रको यथार्थ तस्बिर तयार पार्ने उद्देश्यसहित सरकारले दोस्रो राष्ट्रिय आर्थिक गणना–२०८२ गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अन्तर्गतको राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ मूल नारासहित आगामी चैतदेखि देशव्यापी बृहत् अभियान घोषणा गरेको हो ।
पहिले भन्सार महसुल घटाउनुपर्ने माग राखेका चिनी उद्योगीले अहिले फेरि बढाउनुपर्ने माग राखेका छन् । तस्करीबाट आएको चिनीले बजारमा स्वदेशी चिनी बिक्री हुन छोडेको भन्दै भन्सार महसुल बढाउन चिनी उद्योगीले सरकारसमक्ष माग गरेका हुन् ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले चुनावी आचारसंहितालाई सुधारात्मकसँगै दण्डात्मक विषय पनि समेटेको बताउनुभएको छ । सोमबार बसेको केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकमा कार्यवाहक प्रमुख भण्डारीले विगतमा आचारसंहितालाई बढी नैतिकतासँग जोडिए पनि अहिले कानुन अनुसारका दण्डात्मक व्यवस्थालाई पनि समेटिएको बताउनुभएको हो ।