ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले बजार अभाव देखाएर विद्युत् उत्पादनलाई रोक्न नहुने बताउनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले बिहीबार नवनियुक्त ऊर्जामन्त्री घिसिङलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आफ्ना माग पेस गरेको थियो । सोही व्रmममा उहाँले देशका लागि अझै धेरै बिजुली आवश्यक रहेकाले विद्युत् उत्पादन रोक्न नहुने स्पष्ट पार्नुभयो ।
संविधान दिवसको अवसरमा शुक्रबार शुभकामना व्यक्त गर्दै उहाँले राष्ट्रियसभाअन्तर्गतका समितिलाई सबल बनाउने, नीतिगत छलफललाई गहिरो बनाउने, नागरिक सरोकारका मुद्दामा नियमित बहस गर्ने र सरकारलाई आवश्यक सुझाव प्रदान गर्ने अभ्यास बढाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रभावित बिमितले बिमा रकम भुक्तानी पाउन दाबी सुरु गरेका छन् । नेपाल बिमा प्राधिकरणका अनुसार गत भदौ ३१ सम्ममा विभिन्न बिमा कम्पनीमा २० अर्ब ७० करोड ३८ लाख रुपियाँ बराबरको बिमा दाबी परेको छ । प्राधिकरणका अनुसार मङ्गलबारसम्म कुल एक हजार ९८४ वटा बिमा दाबीमार्फत उक्त रकमको कुल बिमा दाबी परेको हो ।
निजी क्षेत्रका प्रतिनिधि संस्थाले मर्यादित रूपमा उच्च मनोबलका साथ व्यवसाय गर्ने वातावरण निर्माणका लागि सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीले गृहमन्त्री ओमप्रकाश आर्यालसँग गृह मन्त्रालयमा छुट्टाछुट्टै भेट गरी यस्तो आग्रह गरेका हुन् । उनीहरूले उद्यमी व्यवसायीलाई शान्तिसुरक्षाको प्रत्याभूति दिन सरकारलाई तत्काल ठोस कदम चाल्न सुझाव दिए ।
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै लोकतन्त्र, मानव अधिकार र सामाजिक न्यायलाई सुदृढ बनाउन सबैलाई आह्वान गर्नुभएको छ ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभा नभएको वर्तमान अवस्थामा संसद्को जिम्मेवारी र संवैधानिक दायित्व पूरा गर्न राष्ट्रियसभा सदैव क्रियाशील रहने विश्वास दिलाउनुभएको छ ।
अर्थमन्त्री रामेश्वर खनालले फागुन २१ मा गरिने सङ्घीय संसद्को चुनावका लागि आवश्यक बजेटका लागि दातृ निकाय वा छिमेकीको मुख ताक्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकताको आवश्यकता औँल्याउनुभएको छ ।
सभामुख देवराज घिमिरेले शुक्रबारको नेपाली जनताले संविधानविरोधी गतिविधिलाई समयमा नै बुझ्न सकेमात्रै संविधानको रक्षा र विधिको शासनको प्रवर्वन हुने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपियाँ ७१ पैसा र बिक्रीदर १४१ रुपियाँ ३१ पैसा कायम भएको छ ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जेएनजी आन्दोलनका क्रममा निधन भएकाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले संवैधानिक अङ्ग तथा निकायमा समावेशी सिद्धान्तको पूर्ण पालना गर्नु सबै पक्षको सक्रियता एवं प्रतिबद्धता अपरिहार्य हुने बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतान्त्रिक विधि प्रक्रियामार्फत संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउने बताउनुभएको छ ।