औषधी व्यवस्था विभागले म्याग्नस फर्माले उत्पादन गरेको औषधी न्यून गुणस्तर भएकाले बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।
नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा पार्टीतर्फबाट हुने उम्मेदवार, अन्य दलसँगको सहकार्यसहितका विषयमा विमर्श आरम्भ गरेको छ । सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनबारे छलफल भएको हो ।
नवयुवा (जेनजी) आन्दोलनपछि मुलुकमा भ्रष्टाचार अन्त्य र सुशासन कायम आमनागरिकको आकाङ्क्षा पूरा गर्ने घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बृहत् राजनीतिक समायोजन अभियान सुरु गरेको छ ।
नेकपा (एमाले) प्युठानले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेता सूर्य थापाको नाम सिफारिस गरेको छ । सोमबार बसेको जिल्ला कमिटी बैठकले फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेता थापाको नाम एकल रुपमा सिफारिस गर्ने निर्णय गरेको हो ।
निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि सूचना प्रविधिको दुरुपयोग रोक्न सबै निकायबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरिएको छ ।
। पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने बताउनु भएको छ ।
नेकपा (एमाले) को सचिवालय बैठकमा राष्ट्रियसभा सदस्यको निर्वाचनबारे छलफल हुँदैछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमका अनुसार मङ्गलबार बिहान ९ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाइएको जानकारी दिनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले दुई प्रदेशसभा सदस्यसहित सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने भएको छ । नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्य रहनुभएका लक्ष्मणकिशोर चौधरी र स्वतन्त्र प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशी सो पार्टीमा गएपछि रास्वपाको पनि प्रदेश सभामा प्रतिनिधित्व हुनेभएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साले पुस २१ गते सोमबार साँझ छ बजेदेखि मङ्गलबार बिहान ८ बजे सम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ ।
फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी सर्लाहीमा कार्यालय प्रमुखहरूलाई जिल्ला नछाड्न र छाड्नुपर्दा अनिवार्यरूपमा प्रमुख जिल्ला अधिकारी ( सिडिओ) सँग अनुमति लिन निर्देशन दिइएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले बिदाइ भेट गर्नुभएको छ ।
तेल निर्यात गर्ने देशको सङ्गठन (ओपेक) र उसका साझेदार राष्ट्र मिलेर बनेको ओपेक प्लसले मौसमी कारण देखाउँदै फेब्रुअरी र मार्च महिनामा तेल उत्पादन वृद्धि रोकिरहने निर्णय गरेको छ ।
नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग लिएको मूल्यलाई एकीकृत गरी भोलिदेखि लागू हुने गरी अण्डामा प्रतिक्रेट रु ९० घटाएको जनाए हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्व र थरुहट÷थारुवान अभियन्ताबीच समायोजन भएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका-७, होक्सेस्थित मदन भण्डारी लोकमार्गमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् ।