शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सुजल श्रेष्ठ
प्युठान, पुस २१ गते । नेकपा (एमाले) प्युठानले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेता सूर्य थापाको नाम सिफारिस गरेको छ । सोमबार बसेको जिल्ला कमिटी बैठकले फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेता थापाको नाम एकल रुपमा सिफारिस गर्ने निर्णय गरेको हो ।
नेकपा (एमाले) केन्द्रीय सदस्य समेत रहनुभएका थापा २०७९ को निर्वाचनमा प्युठानबाट निर्वाचित हुनुभएको थियो । उहाँले गठबन्धनबाट उम्मेदवार बन्नुभएकी राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललाई पराजित गर्नुभएको थियो ।