पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटबल सडक खण्डमा तीन दिनदेखि यातायात अनियमित हुँदैआएको छ । लगातारको वर्षाले विनयी त्रिवेणी गाउँपालिकाको दाउन्ने खण्डमा सहज ढंगले सवारी साधन चल्न नसक्दा यातायात अनियमित भएको नवलपुर प्रहरीले जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत नेताहरूले कांग्रेस पार्टी कार्यालयको अवलोकन गर्नुभएको छ ।
गत भदौ २२ र २४ गते भएको जेनजी प्रदर्शनपश्चात् आज पहिलोपटक भौतिक उपस्थितिमा कार्यसम्पादन बैठक पार्टी केन्द्रीय कार्यालय सानेपा बसेको हो ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका तथा मेरिङ्देन गाउँपालिकामा निर्माणाधीन मध्यमेवा जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माणमा ब्रेक थ्रु भएको छ । मेवा डेभलपर्स लिमिटेडद्वारा प्रबर्धन गरिरहेको ७३.५ मेगावाट क्षमताको मध्यमेवा जलविद्युत आयोजनाको मुख्य सुरुङ्गमा बिहीबार ब्रेक थ्रु भएको हो ।
रेबिज एक प्राणघातक भाइरल रोग भएकाले यसको रोकथामलाई लक्षित गर्दै कालिमाटी गाउँपालिका र छत्रेश्वरी गाउँपालिकाले विशेष अभियान अघि बढाएका हुन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको स्थायित्व र कार्यान्वयनले मात्र राजनीतिक स्थिरता र आर्थिक समृद्धि हासिल हुने बताउनुभएको छ ।
धौलागिरी हिमालको फेदी भएर बग्ने राहुघाट र सहायक नदीमा निर्माण भएका तीन वटा जलविद्युत् आयोजनाबाट उत्पादित १०७ दशमलब ३ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
लुम्बिनी प्रदेश सरकारले संविधान दिवस मनाएको छ । प्रदेशको प्रशासनिक केन्द्र राप्ती उपत्यका (देउखुरी) मा शुक्रबार मूल समारोह आयोजना गरेर संविधान दिवस मनाइएको हो । 'समृद्ध लुम्बिनी, खुसी नागरिक' मुख्य सङ्कल्पसहित दिवस मनाइएको थियो ।
लमजुङमा सार्वजनिक सवारीमा नयाँ भाडादर निर्धारण गरिएको छ । लमजुङ जिल्ला यातायात व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले नयाँ भडादर निर्धारण गरेको हो ।
जेनजी आन्दोलन क्रममा कारागारमै आक्रमण भएपछि कास्की कारागारबाट निस्किएका कैदीबन्दी फर्किने क्रम जारी छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधानसँगै मुलुकमा प्राप्त उपलब्धिको रक्षा गर्नु आजको मूल आवश्यकता भएको बताउनुभएको छ ।
शुक्रबार बिहान रुसको सुदूर पूर्वी कामचटका प्रायद्वीप र इन्डोनेसियाको सेन्ट्रल पपुवा क्षेत्रमा शक्तिशाली भूकम्प आएपछि स्थानीय बासिन्दा आत्तिएका छन् ।
बाजुरा कारागारमा रहेका कैदीबन्दीलाई नेपालगञ्ज सरुवा गरिएका छ । कारागार बाजुरामा अहिले ४९ कैदीबन्दी र १८ जना थुनुवा रहेका छन् । यसमा १८ जना थुनुवालाई अछाम र ४९ जना कैदीबन्दीलाई नेपालजञ्ज पठाएको हो ।
बाँके राष्ट्रिय निकुञ्जसँगै जोडिएको जिल्लाको राप्ती सोनारी गाउँपालिकाको कचनापुर क्षेत्रमा बाघको त्रासले स्थानीय आतंकित भएका छन् ।