चितवनमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।
इतिहास संरक्षण र जिल्लाको पर्यटन प्रवर्धनका आयोजना गरिएको चार दिने पदयात्राको तयारी पूरा गरिएको छ ।
लगभग ७० लाख अस्ट्रेलियाली घातक जङ्गली आगोको उच्च जोखिममा रहेको क्षेत्रमा बसोबास गर्दै आएको गैरसरकारी संस्था क्लाइमेट काउन्सिल र इमर्जेन्सी लिडर्स फर क्लाइमेट एक्सन (इएलसिए)ले मङ्गलबार प्रकाशित गरेको प्रतिवेदनले जनाएको छ ।
युक्रेनका प्रमुख सहयोगीले मङ्गलबार पेरिसमा शीर्ष अमेरिकी दूतसँग सुरक्षा ग्यारेन्टीबारे छलफल गर्न भेला हुने बताइएको छ ।
नवलपुरको कावासोती नगरपालिका वडा ३, ४ र ५ लाई जोड्ने केरुङ्गे खोलामा निर्माणाधीन पुलको आठ वर्षमा ९० प्रतिशत काम सम्पन्न भएको छ ।
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा ६ रन्देपुमा मुक्ली बाढी पीडितलाई नेपाली कांग्रेस सोलुखुम्बुले राहत रकम वितरण गरेको छ ।
भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले जिल्लाका दुई हजार १०१ अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाण पुर्जा (लालपूर्जा) वितरणको तयारी गरेको छ।
बर्दियामा तीन लाख २३ हजार २ सय ६६ मतदाताले मतदान गर्न पाउने भएका छन् । आगामी फागुन २० गतेसम्म १८ वर्ष पुगेका मतदाताले मतदान गर्न पाउने भएका हुन्।
प्रहरीले गएराति टोखा नगरपालिका–९, गोङ्गबुस्थित दीपसागर होटलबाट लागु औषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।
सुदूरपश्चिम प्रदेश सभाको आज बोलाइएको बैठक स्थगित भएको छ ।
बर्दियामा रहेका ४८ हजार पशुलाई खोरेत रोग विरुद्धको भ्याक्सिन लगाउन सुरु गरिएको छ ।
सर्वोच्चमा रहेका कुल २४ हजार मुद्दाका मिसिलमध्ये गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा २० हजार मिसिल आगलागीमा परेर जलेको थियो । चार हजार मिसिल मात्रै आगलागीबाट जोगिएको थियो ।
ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभराबाट चालु आर्थिक वर्षमा १ करोड ६४ लाख १५ हजार ६ सय रुपियाँ भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्षको साउन महिनादेखि मंसिर महिनासम्म पाँच महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो।
कञ्चनपुरको बेलौरी नगरपालिकाले पालिकास्थित विद्यालयहरूमा थप चार दिन बिदा दिएको छ ।मौसम प्रतिकुलताका कारण मङ्गलबारदेखि पुस २५ गतेसम्म चार दिन जाडो बिदा दिइएको पालिकाको शिक्षा शाखा प्रमुख अमित प्रसाद भट्टले जानकारी दिनुभयो ।
जिल्ला कपिलवस्तुको शिवराज नगरपालिकामा प्रहरीले शङ्कास्पद अवस्थामा रहेको बोलेरो पिकअप गाडीसहित सुकाइएको सिद्रा माछा बरामद गरेको छ ।