तन्जानियाको मध्य भागस्थित डोडोमा क्षेत्रमा बिहीबार बिहान भएको एक सडक दुर्घटनामा नौ जनाको मृत्यु भएको छ भने सोह् जना घाइते भएका छन् ।
जेनजी आन्दोलनका कारण रामपुरमा स्थगित भएको तेस्रो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिता आगामी असोज २६ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने भएको छ ।
‘ग्यालप’ द्वारा सार्वजनिक गरिएको ‘ग्लोबल सेफ्टी प्रतिवेदन’ सन् २०२४ मा सिङ्गापुरलाई विश्वकै सबैभन्दा सुरक्षित देश घोषित गरिएको छ । सन् २००६ यता यो उपाधि सिङ्गापुरले १२ पटक प्राप्त गरिसकेको हो ।
सप्तरीको राजविराजमा विभिन्न कार्यक्रम गरि संविधान दिवस मनाइएको छ । संविधान दिवस २०८२ मूल समारोह सप्तरीद्वारा संविधान दिवसको अवसरमा शुक्रबार प्रभातफेरी तथा विरामीलाई फलफूल वितरण गरिएको हो ।
इजरायलले गाजा सहरमा आफ्नो सैन्य आक्रमण बढाइरहेको बेला संयुक्त राज्य अमेरिकाले बिहीबार गाजामा तत्काल र स्थायी युद्धविरामको आह्वान गर्ने संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावलाई भिटो गरेको छ ।
क्यानाडा र मेक्सिकोका नेता संयुक्त राज्य अमेरिकासँगको त्रिपक्षीय स्वतन्त्र व्यापार सम्झौता (युएसएमसिए) को संरक्षण गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको कर दबाबबिच यसलाई ‘निष्पक्ष’ बनाउन सहमत भएका छन् ।
मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंह र प्रदेश सभा सभामुख रामचन्द्र मण्डलबीच आज (शुक्रबार) मुख्यमन्त्री निवासमा भेटघाट भएको छ।
चार दशकदेखि सपना देखाइरहेको पश्चिम सेती जलविद्युत् परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) गरिँदै छ।
संविधान दिवसको अवसरमा हेटौँडा अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ । दिवसका अवसरमा शुक्रवार नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमितिले अस्पतालमा फलफूल वितरण गरेको हो ।
उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्ग भासिएको छ । लोकमार्गअन्तर्गत फलेबास नगरपालिका–११ पाङ्राङमा बिहीबार सडक भाँसिएको हो । सडक भाँसिएपछि मर्मतमा समस्या देखिएको छ ।
आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भएपछि जिल्लास्थित निर्वाचन कार्यालयहरु पनि व्यावस्थापकीय तयारीमा जुटेका छन् ।
जेनजी प्रदर्शनमा सहभागी हुन गएका हुम्लाका एक जना युवा बेपत्ता भएका छन् । जिल्ला नाम्खा गाउँँपालिका– ३ को खगालगाउँ स्थायी घर भएका हाल काठमाडौँको तीनचुलीमा बस्दै आउनुभएका थुक्तेन पाल्वर लामा १० दिनदेखि बेपत्ता हुनुहुन्छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटबल सडक खण्डमा तीन दिनदेखि यातायात अनियमित हुँदैआएको छ । लगातारको वर्षाले विनयी त्रिवेणी गाउँपालिकाको दाउन्ने खण्डमा सहज ढंगले सवारी साधन चल्न नसक्दा यातायात अनियमित भएको नवलपुर प्रहरीले जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत नेताहरूले कांग्रेस पार्टी कार्यालयको अवलोकन गर्नुभएको छ ।