मेची राजमार्ग अन्तर्गत बहानन्दे काबेली सडकखण्ड बन्द हुने भएको छ । पुस २५ गतेदेखि २८ गतेसम्म ४ दिनसम्म उक्त सडक खण्ड बन्द हुने भएको हो ।
सर्वदलीय तथा सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगन्जमा भइरहेको विरोध प्रदर्शन अबदेखि नगर्ने सहमति गराएको छ ।
नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन, नेपाल जनस्वास्थ्य सङ्घ, मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल, नेपाल सिएमए सङ्घ र हेल्थ असिस्टेन्ट सङ्घले आज स्वास्थ्य व्यवसायी परिषद् ऐन संशोधनको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
कम्बोडियाले मङ्गलबार सीमापार मोर्टार फायर गरी थाई सैनिकलाई घाइते बनाएको उल्लेख गर्दै थाइल्यान्डले कम्बोडियालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय सुरक्षासँग सम्बन्धी जोखिमको मूल्याङ्कनका सम्बन्धमा प्रदेश तहबाटै सुरक्षा सम्बन्धी सूचना संकलन, विश्लेषण, मूल्याङ्कन गरी शान्ति सुरक्षालाई भरपर्दो र मजबुत बनाउन प्रदेशका कर्मचारी नेतृत्व तथा सुरक्षा अधिकारीहरुलाई आवश्यक निर्देशन दिनुभएको छ।
इन्डोनेसियाको पूर्वी प्रान्त उत्तरी सुलावेसीमा आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १६ जना पुग्नुका साथै अन्य तीन जना बेपत्ता रहेको राष्ट्रिय विपद न्यूनीकरण एजेन्सी (बिएनपिबी)ले जनाएको छ ।
डेनमार्कका प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले ग्रिनल्यान्डलाई संयुक्त राज्य अमेरिकाले अधिग्रहण गरेमा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो)को अन्त्य हुने गम्भीर चेतावनी दिनु भएको छ ।
इरानमा आर्थिक कठिनाइ विरुद्ध भइरहेको विरोध प्रदर्शनका क्रममा भएको हिंसामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने एक हजार २०० भन्दा बढीलाई हिरासतमा लिइएको मानव अधिकार कार्यकर्ताले बताएका छन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक नौ दशमलव ९३ अङ्कले बढेर दुई हजार ६४९ दशमलव ३० को विन्दुमा कायम भएको छ ।
मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नु हुँदै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
गोरखाको पुष्पलाल मध्यपहाडी राजमार्ग सडकखण्ड अन्तर्गत पालुङटार नगरपालिका–२ र १० जोड्ने खारखोलामा मोटरेबल पुल निर्माण भएको छ ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुलुकका केही क्षेत्रमा देखिएका साम्प्रदायिक असमझदारीप्रति चिन्ता व्यक्त गर्दै शान्ति, सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न अपिल गर्नुभएको छ।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता राम कार्कीले उन्नत समाजवाद निर्माणका लागि सर्वहारा दृष्टिकोण आवश्यक रहेको बताउनुभएको छ ।
नेकपा (एमाले)ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य गर्ने भएको छ। मङ्गलबार बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सिनेमा प्रमाणीकरणका लागि चलचित्र विकास बोर्डलाई बढी प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ।