मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नु हुँदै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
गोरखाको पुष्पलाल मध्यपहाडी राजमार्ग सडकखण्ड अन्तर्गत पालुङटार नगरपालिका–२ र १० जोड्ने खारखोलामा मोटरेबल पुल निर्माण भएको छ ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुलुकका केही क्षेत्रमा देखिएका साम्प्रदायिक असमझदारीप्रति चिन्ता व्यक्त गर्दै शान्ति, सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न अपिल गर्नुभएको छ।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता राम कार्कीले उन्नत समाजवाद निर्माणका लागि सर्वहारा दृष्टिकोण आवश्यक रहेको बताउनुभएको छ ।
नेकपा (एमाले)ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य गर्ने भएको छ। मङ्गलबार बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सिनेमा प्रमाणीकरणका लागि चलचित्र विकास बोर्डलाई बढी प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ।
श्रीलङ्काको उत्तरपश्चिमी प्रान्तमा अवैधरूपमा बनाइएको विषाक्त मदिरा सेवन गर्दा पाँच जनाको मृत्यु भएको प्रहरीले मङ्गलबार जनाएको छ ।
स्थानीय तहले प्रयोग गर्दै आएको सफ्टवेयर प्रणालीले काम गर्न नसक्दा सेवाग्राहीहरु मर्कामा परेका छन् ।
पश्चिमी जापानको शिमाने प्रान्तमा मङ्गलबार ६.४ म्याग्निच्युडको भूकम्प आउदा धेरै जना घाइते भएको स्थानीय मिडियाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु अवधिको दोश्रो पटक समय थपेर मङ्गलबार साँझ ६ सम्म पुर्याएको छ।
चितवनमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।
इतिहास संरक्षण र जिल्लाको पर्यटन प्रवर्धनका आयोजना गरिएको चार दिने पदयात्राको तयारी पूरा गरिएको छ ।
लगभग ७० लाख अस्ट्रेलियाली घातक जङ्गली आगोको उच्च जोखिममा रहेको क्षेत्रमा बसोबास गर्दै आएको गैरसरकारी संस्था क्लाइमेट काउन्सिल र इमर्जेन्सी लिडर्स फर क्लाइमेट एक्सन (इएलसिए)ले मङ्गलबार प्रकाशित गरेको प्रतिवेदनले जनाएको छ ।
युक्रेनका प्रमुख सहयोगीले मङ्गलबार पेरिसमा शीर्ष अमेरिकी दूतसँग सुरक्षा ग्यारेन्टीबारे छलफल गर्न भेला हुने बताइएको छ ।
नवलपुरको कावासोती नगरपालिका वडा ३, ४ र ५ लाई जोड्ने केरुङ्गे खोलामा निर्माणाधीन पुलको आठ वर्षमा ९० प्रतिशत काम सम्पन्न भएको छ ।