• २४ पुस २०८२, बिहिबार

सामाजिक सद्‍भाव कायम राख्न उपराष्ट्रपतिको अपिल

blog

उपराष्ट्रपति रामसहाय प्रसाद यादव

काठमाडौँ, पुस २२ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुलुकका केही क्षेत्रमा देखिएका साम्प्रदायिक असमझदारीप्रति चिन्ता व्यक्त गर्दै शान्ति, सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न अपिल गर्नुभएको छ। 

उहाँले हिंसा, अफवाह र उत्तेजनाबाट टाढा रहँदै संवाद र आपसी सम्मानलाई प्राथमिकता दिन आग्रह गर्नुभयो। 

‘मुलुकका केही भूभागमा पछिल्ला दिनमा सम्प्रदायबीच उत्पन्न असमझदारी, वैमनस्य र द्वन्द्वले हाम्रो साझा सामाजिक सद्भावलाई चुनौती दिएको दुःखद घटनाले हामी सबैलाई गम्भीर रूपमा चिन्तित बनाएको छ’, उहाँले भन्नुभएको छ, ‘नेपालको संविधानले हाम्रो राष्ट्रलाई धर्मनिरपेक्ष, समावेशी र विविधतापूर्ण समाजको रूपमा परिभाषित गरेको छ । यस संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा पालन गर्ने स्वतन्त्रता सुनिश्चित गरेको छ । हाम्रो मुलुकको शक्ति नै विविधता, सहिष्णुता र परस्पर सम्मानमा निहित छ । जुनसुकै धर्म मान्ने सम्प्रदाय, समुदाय, समाज र नेपाली नागरिकहरू सबै एउटै राष्ट्रिय परिवारका सदस्य हौं । हाम्रो भाइचाराको सम्बन्ध, सहअस्तित्व र परस्पर विश्वास नै हाम्रो पहिचान हो, जसलाई अक्षुण्ण राख्नु हामी सबैको साझा कर्तव्य हो ।’ 

उपराष्ट्रपति यादवले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न सबै पक्षले जिम्मेवार भूमिका खेल्नुपर्नेमा उपराष्ट्रपतिले जोड दिनुभयो।