• १९ चैत २०८२, बिहिबार

बागलुङबाट चार हजार २५१ विद्यार्थी एसइई परीक्षामा सहभागि हुँदै

blog

जिल्ला शिक्षा समन्व्य इकाई बागलुङको कार्यालय। तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट) चैत १९ गते ।
बागलुङमा यस वर्ष चार हजार २५१ विद्यार्थीले एसइई परीक्षा दिने भएका छन् । ति मध्ये दुई हजार १११ छात्रा र दुई हजार १४० छात्र रहेको जिल्ला शिक्षा समन्वय इकाई बागलुङका प्रमुख प्रकाशबन्दु अर्यालले जानकारी दिनुभयो ।

यहि आज बिहीबारदेखि हुने परीक्षामा नियमित तर्फका तीन हजार ७५६ जना विद्यार्थी सहभागि हुँदैछन ।

नियमित तर्फ साधारण तीन हजार ५६५, प्राबिधिक तर्फ १९१ जनाले परीक्षामा सहभागिता जनाउनेछन् । ग्रेड वृद्धि तर्फ साधारण ४७७ जना र प्राविधिक तर्फ ८ जना विद्यार्थीले परीक्षा दिनेछन् ।

जिल्लाका ११५ सामुदायिक र संस्थागत ३२ गरेर  एक सय ४७ विद्यालयमा अध्ययनरत विद्यार्थीले सहभागिता हुने कार्यालय बताएको छ ।