जुम्लाको तातोपानी गाउँपालिका –५ लाम्राका कमल सार्कीको घरमा शुक्रबार आगलागी भएको छ । टिनले छाएको १२ कोठे कच्ची घरको पहिलो तलाबाट आगो लागेको स्थानीयको भनाइ छ ।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्राप्त उपलब्धि खोस्न अनेक षड्यन्त्रका तानाबाना बुनिएको बताउनुभएको छ।
दसैँका लागि मुस्ताङ हुँदै १३ हजार ५७५ वटा भेडाच्याङ्ग्रा अन्य जिल्ला पठाइएको छ।
रुसी विदेशमन्त्री सर्गेई लाभरोभले अर्को हप्ता संयुक्त राष्ट्रसङ्घको महासभा छेउछाउमा अमेरिकी समकक्षी मार्को रुबियोसँग भेटवार्ता गर्ने रुसी प्रशासननिक केन्द्र क्रेमलिनले शुक्रबार जनाएको छ ।
मधेश प्रदेशको आठ वटै जिल्लामा शुक्रबार संविधान दिवस २०८२ विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ।
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) सम्बद्ध घटक संगठनले जेन–जी पुस्तालाई आदिवासीको माग मुद्दा र अधिकार नबिर्सन आग्रह गरेका छन् । आदिवासीको अधिकार ओझेलमा पार्ने प्रयास गरिए ३५ प्रतिशत आदिवासीको अर्को क्रान्ति सुरु हुने उहाँहरुको चेतावनी छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी सरुवा, काज र कामकाजसम्बन्धी प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ।
संविधान दिवसका अवसरमा आज गुल्मीको सदरमुकाम तम्घासमा शान्ति र्यालीको आयोजना गरिएको छ।
गृह मन्त्रालयले जेनजी प्रदर्शन पश्चात् विकसित घटनाक्रम र परिवर्तनसँगै समाजमा विभिन्न घटना भइरहेको भन्दै सहजीकरणका लागि सहायत कक्ष स्थापना गरेको छ।
अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी ‘नर्थरप ग्रुम्यान’ले विकसित गरेको आपूर्ति यान ‘सिग्नस एक्सएल’ बिहीबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)मा सफलतापूर्वक जोडिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि आम सहमतिले संकटबाट निकास दिएको कुरा सबैले बुझेर ६ महिनाभित्र प्रतिनिधिसभा ल्याउने चुनाव सम्पन्न गर्न सबैलाई आह्वान गर्नुभएको छ।
नाटो सदस्यताको सम्भावना सीमित भएपछि युक्रेनका पश्चिमी सहयोगीले वैकल्पिक रणनीतिमा ध्यान केन्द्रित गरेका छन्यु-क्रेनको रक्षा उद्योगमा अर्बौं डलरको लगानी ।
गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका कारण नेपालका २७ कारागारबाट कैदीबन्दी भागेका छन् । यस्तै नौ वटा बालसुधारगृहबाट पनि कैदीबन्दी भागेका पाइएको छ ।
नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको टाउकोमा १२ वटा टाँका लगाएको कांग्रेस प्रचार विभाग प्रमुख मीन बहादुर विश्वकर्माले जानकारी दिनुभएको छ।
रुस र भियतनामले अमेरिकी तथा पश्चिमी प्रतिबन्धबाट जोगिन हतियार सम्झौताको भुक्तानी ऊर्जा नाफामार्फत लुकाउने संयन्त्र विकास गरेका छन् ।