• २४ पुस २०८२, बिहिबार

मेची राजमार्गको बहानन्दे–काबेली सडकखण्ड बन्द हुने

blog

मेची राजमार्ग अन्तर्गत काबेली–फुङलिङ सडक खण्ड । तस्बिरः साहारा लिम्बू

साहारा लिम्बू 

फुङलिङ, पुस २२ गते । मेची राजमार्ग अन्तर्गत बहानन्दे काबेली सडकखण्ड बन्द हुने भएको छ । पुस २५ गतेदेखि २८ गतेसम्म ४ दिनसम्म उक्त सडक खण्ड बन्द हुने भएको हो । 

मर्मत तथा पुनःनिर्माण गर्नुपर्ने भएकाले पूर्व तयारीको काम भइरहेका कारण सडकखण्ड बन्द हुने निर्माण कम्पनी हिमालयन कन्ट्रक्सन ताप्लेजुङले जानकारी दिएको छ । कम्पनीका अनुसार पुस २५ देखि २८ गतेसम्म बिहान ८ बजेदेखि दिउसो २ बजेसम्म राजमार्ग बन्द हुने भएको छ। 

उक्त समयमा वैकल्पिक मार्गको प्रयोग गरी सवारी साधन सञ्चालन गर्न आग्रह गरिएको छ । यस्तै, सडक डिभिजन कार्यालयल इलामले एक सूचना जारी गर्दै सडक निर्माणाधीन अवस्थामा उक्त क्षेत्रमा आफ्ना पशु चौपाया नछोडिदिन, मानिसहरू हिँडडुल तथा आवतजावत नगरी दिन र सावधानी अपनाइदिन समेत स्थानीयवासी तथा यात्रुहरूलाई अनुरोध गरेको छ । अनुरोधलाई बेवास्ता गरी क्षति हुन पुगेमा स्वयम् जिम्मेवार हुनु पर्ने समेत जारी सूचनामा उल्लेख गरिएको छ।