• २४ पुस २०८२, बिहिबार

इन्डोनेसियामा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १६ जना पुग्यो

blog

जकार्ता, पुस २२ गते । इन्डोनेसियाको पूर्वी प्रान्त उत्तरी सुलावेसीमा आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १६ जना पुग्नुका साथै अन्य तीन जना बेपत्ता रहेको राष्ट्रिय विपद न्यूनीकरण एजेन्सी (बिएनपिबी)ले जनाएको छ ।

विपदले सितारो टापु रिजन्सीलाई स्थानीय समय अनुसार बिहान लगभग २:३० प्रहार गरेको  तथा  लामो वर्षाको कारणले नदीको सतह बढेको (बिएनपिबी)ले जनाएको छ । एजेन्सीका अनुसार चार जिल्लामा कम्तीमा १४८ घर प्रभावित भएका छन्, जसमा सात वटा घर ध्वस्त भएका छन् भने २९ वटा गम्भीररूपमा क्षतिग्रस्त तथा ११२ वटा सामान्य क्षतिग्रस्त भएका छन् ।

मङ्गलबार जारी गरिएको प्रेस विज्ञप्तीमा (बिएनपिबी)को डाटा एन्ड इन्फर्मेसन सेन्टरका प्रमुख अब्दुल मुहारीले आपदामा २२ जना घाइते भएको र उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्रमा लगिएको बताउनु भएको छ । उहाँले ६८२ जना बासिन्दा हाल सुरक्षित अस्थायी आश्रयमा बसिरहेको उल्लेख गदै आपतकालीन प्रतिक्रिया प्रयास विपद व्यवस्थापन एजेन्सी, खोजी र उद्धार टोली, सेना, प्रहरी र स्वयं सेवकद्वारा संयुक्त रूपमा भइरहेको बताउनु भएको छ ।  

स्थानीय अधिकारीले जनवरी ५ देखि जनवरी १८ सम्म १४ दिनको आपतकालीन प्रतिक्रिया अवधि घोषणा गर्दै चरम मौसमी जोखिमको बिचमा बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् । इन्डोनेसियाले यस अघि पनि वर्षाको मौसममा बारम्बार आकस्मिक बाढी र पहिरोको सामना गर्दै आएको जनाइएको छ । रासस/सिन्ह्वा