लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) बाट गत आर्थिक वर्ष २०८१÷८२ मा ८५ जना पीडितले निःशुल्क सेवा लिएका छन् । धवलागिरि प्रादेशिक अस्पताल अन्तर्गत सञ्चालनमा रहेको केन्द्रबाट एक वर्षमा ७३ महिला र १२ जना पुरुषले उपचार तथा परामर्श लिएका हुन् ।
चलचित्र ‘माइतीघर’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रले तामाङ समुदायको संस्कृति र कथालाई विशेष रूपमा प्रस्तुत गरेको छ । ट्रेलरमा त्रिकोणात्मक प्रेम सम्बन्ध, पारिवारिक तथा सामाजिक अवरोधलाई मुख्य विषय बनाइएको छ ।
भोटेकोशी पावर प्रोजेक्टले स्थानीय प्रभावितलाई निःशुल्क १० प्रतिशत सेयर दिने निर्णय भएको छ । जेनजी समूहले आयोजनाबाट स्थानीय प्रभावितलाई सेयर दिन माग राखेर आन्दोलन गरेपछि भोटेकोशी गाउँपालिका र हाइड्रोपावरबिच सहमति भएको हो ।
राजविराज नगरपालिका पछिल्लो पाँच दिनदेखि एउटै कोठामा सञ्चालनमा आएको छ । जेनजीको आन्दोलनमा नगरपालिकामा आगजनी भएर पूर्ण क्षति भएपछि बाँकी रहेको एउटा कोठाबाट कर्मचारीहरूले अत्यावश्यक काम सुरू गरेका हुन् ।
नारायणी नदीमा आएको बाढीले सुस्ता गाउँपालिकाको सुस्ता गाउँलाई जोखिममा पारेपछि स्थानीय आफ्नै प्रयासमा कटान रोक्न जुटेका छन् । नदीको भेल दुई दिनअघि थारू बस्तीभित्र पस्दा बस्ती डुबानमा पर्ने अवस्था सिर्जना भएको थियो । अहिले पानीको बहाब केही कम भए पनि नदीले लगातार कटान गरिरहेको छ ।
एक विद्रोही नारीको कथामा बनेको नाटक हो ‘सिरुमारानी’ । नाटकमा मानवीय संवेदना, अहम् विद्रोह र आशाको कथा पनि छ । जीवन छ र जीवनभित्रै प्रकृति पनि छ भन्ने सन्देश नाटकले दिन खोजेको छ । भाग्य पर्खिने,
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।
दैलेख, डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत (सातौ तह) टंकबहादुर कार्की एक लाख घुससहित पक्राउ गर्नुभएको छ ।
चालुु आर्थिक वर्ष २०८२/८३ को दुुई महिनामा ३३ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार चालुु आवको साउन–भदौमा २३६ परियोजनामार्फत ३३ अर्ब ९२ करोड ५४ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको हो । अवधिमा स्वचालित मार्गमार्फत एक अर्ब ३६ करोड ८२ लाख रुपियाँ र नियमित रुटमार्फत ३१ अर्ब ७२ करोड रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको हो ।
जेनजी आन्दोलनपछि सर्लाहीमा राजनीतिक दलहरू पुनः सव्रिmय हुन थालेका छन् । तनावग्रस्त अवस्थापछि जिल्लामा राजनीतिक दलहरूले आफ्नो गतिविधि बढाउन थालेका हुन् । संविधान दिवसका अवसर
सप्तरीको बोदेबर्साइन नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।नगरपालिका– ८ स्थित स्वर्णपट्टी टोलका १६ वर्षीय जीवन साहको करेन्ट लागेर मृत्यु भएको हो ।
जेनजी प्रदर्शनले सरकार ढलेर अन्तरिम सरकार बनेपछि स्थानीय तहका नीति तथा कार्यक्रम र बजेट कसरी कार्यान्वयन हुन्छ भन्ने विषयमा चर्चा सुरु हुन थालेको छ ।
जेनजी प्रदर्शन उत्कर्षमा पुगेका बेला भदौ २४ गते साँझको खाना खाएर कमल आन्दोलनमा सहभागी हुन विर्तामोड आउनुभएको थियो । आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय विर्तामोड छेउमा भएको झडपमा कमलको कन्चटमा गोली लागेको थियो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
उपल्लो मुस्ताङको ल्होमान्थाङ गाउँपालिका–१, छोसेरका नहर्बु दोर्जे एक सातादेखि निकै व्यस्त हुनुहुन्छ । तिब्बतको ढोङ्वासेन हुँदै कोरला नाकामा भित्रिएका विद्युतीय गाडी (इभी) २४ नम्बरको सीमास्तम्भबाट नेचुङ भन्सारसम्म