• २४ पुस २०८२, बिहिबार

एमाले बैठक : प्रदेश संयोजक तोकियो

blog

नेकपा (एमाले) को सचिवालय बैठक ।

काठमाडौँ, पुस २२ गते । नेकपा (एमाले) को सचिवालय बैठकले निर्वाचनका लागि प्रदेश संयोजक तोकेको छ । 

एमाले उपमहासचिव लेखराज भट्टले मङ्गलबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको जानकारी दिनुभयो । 

उहाँका अनुसार कोशी प्रदेशमा शेरधन राई, मधेश प्रदेशमा लीलानाथ श्रेष्ठ, बागमती प्रदेशमा महेश बस्नेत, राजधानीमा डा। राजन भट्टराई, गण्डकीमा खगराज अधिकारी, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा यामलाल कँडेल र सुदूरपश्चिममा गणेश ठगुन्नालाई प्रदेश संयोकका रुपमा तोकिएको छ । 

उहाँले सङ्गठन विभागमा भानुभक्त ढकाल, प्रचार विभागमा मिनबहादुर शाही र निर्वाचन विभागमा रमेश बडाललाई जिम्मेवारी दिइएको जानकारी दिनुभयो । 

बैठकले निर्वाचनसम्बन्धी काम गर्नका लागि पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई परिचालन गर्ने निर्णय गरेको उहाँको भनाइ छ ।