राधा लुइटेल
फिदिम, पुस २२ गते । पाँचथरको फिदिम नगरपालिका –१० मा सञ्चालन भइरहेको याङनाम आधारभुत विद्यालयमा अध्ययनरत ६० जना छात्र छात्रालाई न्यानो कपडा वितरण गरिएको छ ।
ज्ञान समाज काठमाडौंले यी छात्रछात्रालाई एकसाथ जम्पर ट्रयाक वितरण गरेको प्रधानाध्यापक सुरेस सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा सार्वजनिक कार्यक्रमको आयोजना गर्दै मङ्गलबार विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।
प्रायोजक संस्था ज्ञान समाज काठमाडौंका अध्यक्ष सम्दु जवगु र उपाध्यक्ष आशिष अर्यालयसहितको टोलीले विद्यार्थीलाई कपडा हस्तान्तरण गर्नुभएको थियो ।
जाडो बढ्दै गएकाले विद्यालय प्रशासनको मागअनुसार यो सिजनमा उपयोगी कपडा वितरण गरिएको अध्यक्ष जवेगुले बताउनुभयो । सोही कार्यक्रममा विद्यालयका तर्फबाट दाताहरुलाई सम्मान र स्वागत गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।