• २३ पुस २०८२, बुधबार

गैँडाको आक्रमणबाट एककाे मृत्यु

blog

भरतपुर, पुस २२ गते । चितवनमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । सोमबार अपराह्न चितवनको भरतपुर महानगरपालिका-१२, रामबेल सामुदायिक वनको कालिमाटी घोल नजिक घाँसदाउरा काट्न गएका बेला सोही स्थानका ५६ वर्षीय बाबुकाजी क्षेत्रीलाई गैँडाले आक्रमण गरेको थियो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार निजको घटनास्थलमै मृत्यु भएको हो । रासस