बोलिभियाको संसद्ले नाबालिगसँग विवाह र नागरिक सङ्घमा प्रतिबन्ध लगाउने कानुन पारित गरेको छ । उक्त कानुनले बोलिभियालाई पहिले नै बालविवाह गैरकानूनी भएका १३ ल्याटिन अमेरिकी राष्ट्रसँग जोडेको छ ।
कीर्तिपुर वर्न अस्पतालमा उपचाररत नेकपा एसका नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्यमा सुधार आउँदै गएको छ।
दक्षिणी राज्य केरलामा दुर्लभ पानीजन्य ‘मस्तिष्क खाने’ (ब्रेन इटिङ) अमिबाको सङ्क्रमण र मृत्यु गत वर्षको तुलनामा दोब्बर बढेपछि भारतले स्वास्थ्य चेतावनी जारी गरेको छ ।
बङ्गलादेश निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री शेख हसिना र उहाँका परिवारका सदस्यलाई आगामी वर्ष फेब्रुअरीमा हुने राष्ट्रिय चुनावमा मतदान गर्न नपाउने घोषणा गरेको छ ।
भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा आगजनी भएका सिंहदरबार भित्रका भवनमा रोङ लगाउने काम सुरु भएको छ । बिहीबार अर्थ र ऊर्जा मन्त्रालयमा रङ लगाउन सुरु गरिएको हो ।
युरोपेली अधिकारीहरूले बुधबार इरानले आफ्नो आणविक कार्यक्रमबारे आवश्यक कदम नचाले संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धहरू फेरि लागु हुने चेतावनी दिएका छन् ।
दक्षिण कोरियाली अनुसन्धानकर्ताहरूले बिहीबार युनिफिकेसन चर्चकी नेत्री हाक जा हानविरुद्ध गिरफ्तारी वारेन्टको माग गरेका छन् ।
अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
जिल्ला हुलाक कार्यालय म्याग्दीले उत्कृष्ट चिट्ठीपत्र लेख्ने विद्यार्थीलाई नगदसहित पुरस्कृत गरेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान अन्तरिम सरकारको मुख्य जिम्मेवारी नै २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउनु रहेकाले अर्जुनदृष्टिका साथ अगाडि बढेको बताउनु भएको छ ।
नवलपुरको कावासोतीमा आमाघर तथा लोक सांस्कृतिक सङ्ग्राहलय निर्माण हुने भएको छ ।
गत भदौ २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा मोरङको कानेपोखरी गाउँपालिकामा चार करोड नौ लाख ९७ हजार ८५९ रुपियाँ बरावरको क्षति भएको छ ।
सर्वोच्च अदालतको प्रवेशद्वारदेखि सबैले जलेको भवन प्रष्ट देख्न सक्छन् । अगाडि पूरै जलेका सवारी साधनको थुप्रो छ । आधा जलेका र भाँचिएका टेबल कुर्सी असरल्ल छन् ।
दुई वर्ष अगाडिसम्म सधैं खाद्यान्न अभाव हुने हुम्लामा आर्थिक वर्ष २०८१–८२ मा निर्धारित कोटाको खाद्यान्नमध्ये ६७ प्रतिशत मात्र बिक्री भएको छ । यो खाद्यान्न जिल्लाभित्रका एउटा शाखा, दुई वटा डिपो र तीनवटा बिक्री केन्द्रबाट खाद्यान्न बिक्री गर्दा देखिएको हो ।
एएफसी फुटसल एसियन कप–२०२६ छनोटमा सहभागिता नजनाएका कारण नेपाललाई १० हजार अमेरिकी डलर जरिवाना गरिएपछि फुटसल निर्देशक राज महर्जनले राजीनामा दिनुभएको छ ।