देशको समग्र आर्थिक अवस्थाको तथ्याङ्कीय माध्यमबाट यथार्थ चित्र प्राप्त गर्न सरकारले दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२ सञ्चालन गर्ने भएको छ ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले पूर्ण अपाङ्गता भएका नगरवासीलाई न्यानो कपडा वितरण गरेको छ । नगर प्रमुख धनपत यादवसहित वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतको टोलीले रामग्राम १ सन्डामा अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गरेको हो ।
बागलुङमा जारी आठौँ बागलुङ महोत्सव अन्तर्गत पुरुष भलिबल प्रतियोगिताको उपाधि होटल समिट धौलागिरीले जितेको छ ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपुरमा दुई लाख ६८ हजार ५२६ मतदाता कायम भएका छन् ।
ताप्लेजुङको फुङलिङ नगरपालिकामा निर्माण हुन लागेको सामुदायिक भवनको शिलान्यास गरिएको छ । करिब ४० बर्ष पुरानो सामुदायिक भवन भत्काएर निर्माण गर्न लागिएको अत्याधुनिक प्रविधिको बहुद्देश्यीय सामुदायिक भवनको शिलान्यास गरिएको हो ।
बाँकेको कोहलपुरमा पुस ९ गतेदेखि जारी कोहलपुर महोत्सवमा घरेलु उत्पादन वस्तुहरूमा दर्शक–अवलोकनकर्ताको आकर्षण देखिएको छ । महोत्सवस्थलमा राखिएको विभिन्न घरेलु उत्पादनसम्बन्धी वस्तुहरुमा दर्शकको आकर्षण बढेको हो ।
बर्दियामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुरले ३० हजार दुई क्विन्टल धान खरिद गरेको छ । खाद्यले किसानबाट सरकारले तोकेको समर्थन मूल्यमा २८ हजार ८२ क्विन्टल मोटा र एक हजार ९ सय २० क्विन्टल मध्यम धान खरिद गरेको हो ।
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ का लागि पोखरामा सचिवालय स्थापना गरिएको छ ।
इजरायलको चलिरहेको सैन्य कारबाहीको परिणाम स्वरूप १२ हजार भन्दा बढी प्यालेस्टिनी बालबालिका वेस्ट ब्याङ्कमा “जबरजस्ती विस्थापन”को अवस्थामा बाँचिरहेको प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए)ले जनाएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ ।
नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसनले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
छिन्नमस्ता गाउँपालिका ५ लोखरमका विपन्न दलित परिवारहरूलाई जिल्ला प्रशासन कार्यालय सप्तरीले सोमबार १ सय ५० परिवारलाई कम्बल वितरण गरेको छ ।
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थानहद फुकुवा गरिएको छ ।
सरकारले जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो ।
क्युबाली सरकारले भेनेजुएलामा अमेरिकी सैन्य कारवाहीमा ३२ जना आफ्नो सेना र प्रहरी अधिकारीको मृत्यु भएको पहिलो पटक आधिकारिक रूपमा पुष्टि गरेको छ ।