धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक छ प्रतिशतले ओरालो लागेपछि आजका लागि बजार बन्द भएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्याल आज प्रहरी प्रधान कार्यालय जानु भई जेनजी आन्दोलनका क्रममा भएका क्षतिका बारेमा जानकारी लिनुभएको छ । सो अवसरमा उहाँले उच्च मनोबलका साथ राष्ट्र र जनताका हितमा समर्पित हुन प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज फोनवार्ता भएको छ ।
दाङको ऐतिहासिक सम्पदा मानिने दङ्गीशरण दरबार अहिले झाडीले पुरिएको छ।
दाङमा जेनजी आन्दोलनका क्रममा २४ वटा सरकारी कार्यालयका ४७ वटा भवन र एक सय ८९ वटा सवारीसाधनमा क्षति भएको छ ।
साउदी अरब र आणविक शक्ति सम्पन्न पाकिस्तानले आपसी रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार कुनै पनि देशमाथि भएको आक्रमणलाई दुवैमाथि भएको आक्रमण मानिने छ ।
भ्रष्टाचारविरुद्ध, सुशासन तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा जारी आन्दोलनलाई सम्बोधन गर्नुपर्ने माग राख्दै १५ जना नागरिक समाजका प्रतिनिधिहरूले आज राष्ट्रपति रामचन्द्र पौडेललाई संयुक्त ज्ञापनपत्र बुझाएका छन्।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले दसैँअघि कुनै पनि प्रकारको भुक्तानी गर्न नसक्ने जनाएको छ ।
बजेट कटौतीको विरोधमा सबै प्रमुख ट्रेड युनियनले आह्वान गरेको हड्ताल र सडक प्रदर्शन बिहीबार फ्रान्सभरि हुने अपेक्षा गरिएको छ ।
जेनजी प्रदर्शनमा ज्यान गुमाउनेको शोकमा थाक खेलकुद तथा सांस्कृतिक विकास सङ्घको गरेको ५२ औं संस्करणको खेलकुद तथा सांस्कृतिक कार्यक्रम स्थगित भएको छ ।
रुपन्देहीको गैडहवा तालमा पौडी खेल्दा स्थानीय दुई युवकको डुबेर मृत्यु भएको छ ।
मुस्ताङ भन्सार कार्यालय न्हेचुङमा तीन दिनको अवधिमा रु. नौ करोड ७० लाख ६४ हजार राजस्व सङ्कलन भएको छ । नेपाल–चीन उत्तरी कोरला नाकाबाट आयात गरिएका मालवस्तुबाट भन्सारले उक्त राजस्व सङ्कलन गरेको हो ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दीबास, महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले सीमामा उच्च सतर्कता अपनाउँदै समग्र जिल्लाको सुरक्षा व्यवस्था सुदृढ पार्न निर्देशन दिनुभएको छ ।
जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते बाँके जिल्लाका विभिन्न सरकारी कार्यालय र स्थानीय तहमा गरिएको आगजनी र तोडफोडबाट तीन सयभन्दा बढी सवारी साधनहरु नष्ट भएका छन् ।
धेरै पहिलेको कुरा हो । एउटा गाउँनजिकै घना वन थियो । त्यसै वनमा एउटा बडेमानको झुम्म परेको सिमलको रुखमा कौवाका भालेपोथी गुँड बनाएर बसेका थिए । त्यसै सिमलनजिकैको मौवाको रुखमा चाहिँ कोइलीका भालेपोथीले गुँड