नेपाल एकीकरण अभियानमा प्रयोग भएको पदमार्गमा पर्यटन विकास गर्ने उद्देश्यले नेपाली सेनाले सुरु गरेको एकीकरण पदयात्राको सातौँ शृङ्खला आजदेखि सुरु भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलासँग सम्बन्धित नीतिगत निर्णयमा सबै विकल्प खुला राख्ने नीति अपनाउने अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बताउनुभएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले देशभर उम्मेदवार सिफारिस गर्ने प्रक्रियालाई गति दिएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज र त्यस आसपासका क्षेत्रमा हिउँदे आगन्तुक जलपक्षी गणना गरिने भएको छ । यही पुस २४ र २५ गते जलपक्षी गणना गरिने भएको हो ।
पुतलीबजार नगरपालिका–१, मालेबगर खेल मैदानमा प्रथम खुमा अर्याल कप टी–२० रनिङ कप क्रिकेट हुने भएको छ ।
धार्मिक तथा सामाजिक विषयलाई लिएर उत्पन्न तनाव र सम्भावित झडपको जोखिमलाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा जारी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्भमा रहेको शिशुको लिङ्ग पहिचान गर्ने वा गराउने कार्य गरे एक वर्षसम्म कैदको सजाय हुने स्पष्ट पारेको छ।
अन्नपूर्ण गाउँपालिका–१ भिरकाटेदेखि दोवा जोड्ने सडकमार्ग खुलेको १७ वर्षपछि स्तरोन्नति सुरु गरिएको छ ।
स्ट्राइकर गोन्जालो गार्सियाको ह्याट्रिकसँगै रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियाल बेटिसमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा रियलले रियल बेटिसलाई ५–१ गोलले हरायो ।
घरेलु मैदानमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा सिटी पाहुना टोली चेल्सीसँग १–१ गोलको बराबरीका रोकियो ।
उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारीले कानुन व्यवसायी अध्ययनशील हुनुपर्ने बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नवप्रवेशी कानुन व्यवसायीहरुका लागि तीन दिनसम्म सञ्चालन भएको पूर्व व्यावसायिक तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहनुभएका भण्डारीले सो कुरा बताउनुभएको हो ।
पूर्वी मकवानपुरको बकैया गाउँपालिका–४, जुरेली तुलसीपुरका मौरी पालक किसान नारायण घिमिरेलाई यतिबेला मह बिक्री गर्न भ्याइ नभ्याई छ ।
एथलेटिक्स परिवार, नेपालको संयोजनमा गत महिना मित्रराष्ट्र भारतको राँचीमा सम्पन्न साफ एथलेटिक्स च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई खेल सामग्री प्रदान गरिएको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, रानीपौवादेखि चमेरे जोड्ने परम्परागत पदमार्गमा झाँडीभित्र हिँड्नुपर्ने बाध्यता हटाउन व्यवस्थित पदमार्ग निर्माण सुरु गरिएको छ ।
कमलरी मुक्ति भएको १२ वर्ष पुगे पनि अझैसम्म तीन हजारभन्दा बढी मुक्त कमलरीले परिचयपत्र पाएका छैनन् ।