शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, पुस २१ गते । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दावेदार म्यानचेस्टर सिटीलाई मध्यम टोली चेल्सीको नमिठो झट्का लागेको छ ।
घरेलु मैदानमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा सिटी पाहुना टोली चेल्सीसँग १–१ गोलको बराबरीका रोकियो ।
चेल्सीले खेलको अन्तिममा गोल फर्काउँदै सिटीबाट एक अङ्क खोसेको थियो । यस बराबरीले शीर्षस्थानमा रहेको आर्सनललाई फाइदा पुगेको छ ।
सिटीका लागि टिजानी रेइजन्डर्सले ४१औँ मिनेटमा सुरुवाती गोल गर्नुभएको थियो । त्यसपछि चेल्सीले दोस्रो हाफको इन्जुरी समयमा एन्जो फर्नान्डेजको गोलमा बराबरी गरेको थियो ।
बराबरीसँगै दोस्रो स्थानमा रहेको सिटीको २० खेलबाट ४२ अङ्क छ । शीर्षस्थानमा रहेको आर्सनलको समान खेलबाट ४८ अङ्क छ । सिटीलाई रोकेको चेल्सी ३१ अङ्कसहित पाँचौँ स्थानमा छ । एजेन्सी