शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, पुस २१ गते । स्ट्राइकर गोन्जालो गार्सियाको ह्याट्रिकसँगै रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियाल बेटिसमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा रियलले रियल बेटिसलाई ५–१ गोलले हरायो ।
रियलको जितमा गार्सियाले २०, ५० र ८२औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्नुभयो । राउल असेन्सियोले ५६औँ र फ्रान गार्सियाले दोस्रो हाफको इन्जुरी सयमा एक एक गोल गर्नुभयो । पाहुना टोली रियाल बेटिसका चुचो हर्नान्डेजले ६६औँ मिनेटमा सान्त्वना गोल फर्काउनुभयो ।
जितसँगै १९ खेलबाट ४५ अङ्क बनाएको रियल दोस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको बार्सिलोनाको समान खेलबाट ४९ अङ्क छ । पराजित बेटिस २८ अङ्कसहित छैटौँ स्थानमा छ । एजेन्सी