शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
राधा लुइटेल
फिदिम, पुस २१ गते । बाल यौन दुराचार विरुद्वको कसुरमा अदालतबाट दोषी प्रमाणित भएसँगै फरार रहेका एक व्यक्तिलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाँचथरको फालेलुङ गाउँपालिका–३, ताङलेपा निवासी ५९ वर्षीय रणबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिनु भयो ।
उहाँका अनुसार राई विरुद्ध लागेको बाल यौन दुराचार मुद्दाको सुनुवाई हुँदा पाँचथर जिल्ला अदालतले २०८२ वैशाख १७ गते दोषी ठहर गर्दै २० दिन कैद र १० हजार रुपियाँ जरिवानाको फैसला सुनाएको थियो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटेको टोलीले राईलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत बुझाइएको प्रहरीले जनाएको छ ।