• १९ चैत २०८२, बिहिबार

जेनजी घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न ज्ञानेन्द्र शाहीको माग

blog

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही । तस्बिर : केशब गुरुङ

काठमाडौँ, चैत १९ गते । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जेनजी घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गर्नुभएको छ ।

 बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शाहीले यस्तो माग गर्नुभएको हो । उहाँले भ्रष्टाचारका फाइल खोलेर कडा भन्दा कडा कारबाही गरी दोषीको सम्पत्तिको छानबिन गरेर तीन पुस्ते सम्पत्ति राज्यले जफत गर्न सरकारलाई आग्रह गर्नुभयो ।  

उहाँले यो सरकार सत्ता सञ्चालनका लागि मात्र नभई जनताको शाखा भरोसाको दियो भएकाले डढेलो बन्न दिनुहुँदैने जिकिर गर्नुभयो ।

जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित भएर विगतका कमजोरीहरू नदोहोर्‍याउन उहाँले अनुरोध गर्नुभयो । 

शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनका लागि वार्षिक एक खर्ब रकम खर्च भइरहेको बताउँदै प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्‍याउन सहयोग गर्न आफ्नो दल तयार रहेको बताउनुभयो ।