• २३ पुस २०८२, बुधबार

गुल्मीमा एक पुरुष मृत फेला

blog

रमेश विश्वकर्मा

 गुल्मी, पुस २१ गते। गुल्मीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। मदाने गाउँपालिका वडा नम्बर–६ न्वाराका ३३ वर्षीय टुक बहादुर परियार मृत अवस्थामा फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुका अनुसार सोमबार परियार मृत अवस्थामा फेला पर्नुभएको हो। 

स्थानीयले घटनाबारे इलाका प्रहरी कार्यालय पुर्कोटदह गुल्मीमा जानकारी गराउन साथ प्रहरी सहायक निरीक्षक विष्णु बहादुर गाहाको कमान्डमा पाँच जनाको टोली खटिएको थियो। 

घटनाबारे बुझ्दा २० गते आइतबार न्वारास्थित आफन्त मरेको स्थानमा जानुभएको थियो। परियार राती घरमा जान्छु भनी फर्कँदा गोरेटो बाटोबाट लडेर अन्दाजी १५ मिटर तल मोटर बाटोमा घोप्टो अवस्थामा मृत रहेको प्रहरीले जनाएको छ।

 परियारले मापसे गरेको भन्ने बुझिएको छ। घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वत कुमार केसीको कमान्डमा सोकोसहित सात जनाको प्रहरी टोली खटिएको बताइएको छ।