जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते बैतडी कारागारबाट भागेका ६२ जना कैदीबन्दीमध्ये ५८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उत्पादन उपभोक्तासँग पु¥याउने आधार व्यापार हो । उत्पादन नभई व्यापार हुँदैन सेवा क्षेत्रमा नवीनतम सोचको सिप, क्षमताले व्यापारमा गतिशीलता ल्याउँछ । आर्थिक क्रियाकलापको उत्पादनपछिको अग्र स्थानमा व्यापार रहेको र अन्तर्राष्ट्रिय स्तरमै व्यापार राजनीतिक एजेन्डामा समेत बन्न थालेको छ । माग र आपूर्तिबिच मूल्य प्रभाव र गुणस्तरका आधारमा व्यापार हुनुपर्नेमा अमेरिकामा डोनाल्ड
जिल्ला प्रशासन कार्यालय तनहुँले बिहीबारबाट नेपाली नागरिकताको प्रमाणपत्र तथा प्रतिलिपी सेवा सुरु गर्ने भएको छ । ‘जेनजी’ आन्दोलनले कार्यालय गत मङ्गलबार पूर्ण रुपमा ध्वस्त भएकोले अवरुद्ध भएको काम आजबाट आंशिस रुपमा सुरु गर्ने भएको हो ।
देश विषम परिस्थितिबाट गुज्रिएको छ । जेनजी आन्दोलनका नाममा भएको अकल्पनीय जनधनको क्षतिले जनतामा विषाद छाएको छ । राज्यको शासन सञ्चालन गर्ने निकाय तथा सेवा प्रवाह गर्ने प्रशासनिक भवन खरानी भएका छन् । सरकारी तथा निजी सम्पत्तिमा भएको तोडफोड र आगजनीले देश र जनतालाई विपन्नतातर्फ धकेलेको छ । जस्तोसुकै अवस्थामा भए पनि हामी सबै नागरिक एकजुट भ
जुम्लामा रहेको बागवानि अनुसन्धान केन्द्र राजिकोटले तीन वटा नयाँ स्पर जातको स्याउ सिफारिस गरेको छ । करिब १० देखि १२ वर्षको लामो अनुसन्धानपछि तीन वटा नयाँ स्पर जातको स्याउ सिफारिस गरेको हो ।
भदौ २३ र २४ (सेप्टेम्बर ८ र ९) गते नेपालमा जेनजी पुस्ताको आन्दोलनले नयाँ निकासको मार्ग प्रशस्त गरेको छ । २७ घण्टाको आन्दोलनमा व्यापक जनधनको क्षतिले देश तहसनहस भयो ।
जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटबाट वन डिभिजन कार्यालय सप्तरी राजविराजमा ठुलो क्षति भएको छ ।
दसैँमा नाचिने थारू समुदायको प्रख्यात सख्या पैयाँनाच थारू बस्तीमा सुरु भएको छ । दसैँ आउनुअघि थारू समुदायले १२/१५ दिनअगाडिदेखि नै सख्या पैयाँनाच नाचेर दसैँलाई स्वागत गर्ने गर्दछ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको जनाएको छ । अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।
चलचित्र ‘जारी–२ : सङ अफ च्याब्रुङ’ को प्रदर्शन मिति घोषणा भएको छ । निर्माता कम्पनी बाँसुरी फिल्म्सले पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो । उपेन्द्र सुब्बा निर्देशित चलचित्र तिहारको भाइटीकाका अवसरमा कात्तिक ६ गते देशव्यापी प्रदर्शन हुने छ ।
सुदूरपश्चिम प्रदेशका विभिन्न पहाडी जिल्लामा धार्मिक श्रद्धा र सांस्कृतिक उत्साहका साथ बुढी पोल्ने पर्व मनाइँदै छ । स्थानीय परम्परा अनुसार बिहानैदेखि गाउँका बालबालिकादेखि युवकयुवती र वृद्धवृद्धासम्म सामूहिक रूपमा एकत्रित भई विभिन्न वनस्पति–फुर्केघाँस, तुसारो, बेल्डो, गर्ङ्लो, बाँस, झ्याङ तथा रुखका हाँगाबिँगाबाट ‘बुढी’ नामक पुतली तयार पारिन्छ ।
जेनजी प्रदर्शनका क्रममा तनहुँको भानु नगरपालिका निवासी एक युवकको मृत्यु भएपछि भानुवासी मर्माहत भएका छन् ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते मङ्गलबार भएको आगजनीबाट अकल्पनीय रूपमा सार्वजनिक सवारीसाधन नष्ट भएका छन् । विभिन्न निकाय र गोरखापत्रका समाचारदाताले स्थलगत रूपमा प्रदेशगत आधारमा गरेको अध्ययनमा तीन हजारभन्दा बढी सवारीसाधन जलेर खरानी भएका छन् ।
सरकारले हिमाल आरोहणका लागि लिँदै आएको सलामी दस्तुर (आरोहण अनुमति शुल्क) बढाएपछि राजस्व सङ्कलन दोब्बरले वृद्धि भएको छ ।
भदौ २३ गतेदेखि सुरु जेनजी प्रदर्शनका कारण सरकारको राजस्व सङ्कलनमा असर परेको छ । कर दाखिला गर्ने मुख्य समयमै प्रदर्शन चर्किएपछि भदौमा राजस्व सङ्कलन घटेको हो ।