भाषा केवल शब्दहरूको संयोजन वा दैनिक बोलचालको साधन मात्र होइन, यो व्यक्तिको सोच्ने तरिका, अनुभूति व्यक्त गर्ने शैली र संसारलाई हेर्ने दृष्टिकोणसँग प्रत्यक्ष रूपमा गाँसिएको हुन्छ ।
२०१७ साल पुस १ गते राजा महेन्द्रको शाही ‘कु’ लगत्तै प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो । केही समयपछि सुन्दरीजलमा बन्दी गृह बनाएर कोइ
न्यायपालिका सुधारका लागि चिन्ता, चासो र व्यग्रताबिच न्यायपालिकाको नेतृत्वमा प्रकाशमानसिंह राउतको आगमन भएको थियो । त्यतिबेला न्यायिक वृत्तमा ‘के अब न्याय परिषद् ब्युँझिएला ?’ भन्ने प्रश्न न्यायप्रेमी समुदायबिच नउठेका होइनन् । न्याय परिषद् जागा नरहे न्यायिक मूल्य, न्यायाधीशको निष्ठा, नैतिक आचारण र मर्यादामा उठेका प्रश्न ‘ज्युँका त्युँ’ रहने भएकाले पनि न्यायका शुभेच्छुकको चिन्ता र चासो उत्पन्न हुनु अस्वाभाविक होइन । न्यायालयमा थिति बसाएर न्यायका याचकलाई विश्वास दिलाउने जिम्मा न्याय परिषद्कै हो ।
गाउँभरी सबैले शिवहरी सर भनेर चिन्छन्, खास उहाँको नाम विश्वराज पौड्याल हो । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सार थप्लुङ्गका पौड्याल उमेरले ६१ वर्षको पुग्नुभयो ।
१२० वर्ष अघिको गोर्खापत्र
कास्कीको लुम्ले नेपालकै सबैभन्दा बढी पानी पर्ने ठाउँ हो । अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने यो स्थलले पछिल्लो समय ‘कवितागाउँ’ का रूपमा पृथक् पहिचान बनाएको छ । सुरम्य लुम्लेलाई कवि/गीतकार विनोद गौचनको अगुवाइमा ‘कवितागाउँ’ घोषणा गरिएको थियो ।
कोहलपुरको गोरखा युनाइटेड पब्लिक स्कुल विद्यालयस्तरीय नृत्य प्रतियोगितामा पहिलो भएको छ । बाँकेको कोहलपुर महोत्सवमा आयोजित प्रतियोगिताको फाइनल चरणमा छ विद्यालयलाई पछि पार्दै सामूहिक नृत्यमा गोरखा स्कुल विजयी भएको हो । विजेता गोरखाले ट्रफीसहित ५० हजार रुपियाँ प्राप्त ग¥यो ।
गजलकार नारायण नेपालले गजलको प्रस्तुति दिनुभएको छ । सर्वनाम थिएटरमा नेपालका पाँच वटा गजल साङ्गीतिक रूपमा प्रस्तुत भए भने पाँच वटा नेपाल स्वयम्ले तरन्नुममा वाचन गर्नुभएको थियो ।
उपल्लो मुस्ताङको भ्रमणमा फ्रान्सबाट आएका पर्यटक अधिक पुग्ने गरेको पाइएको छ । अन्नपूर्ण संरक्षण आयोजना इलाका कार्यालय ल्होमन्थाङका अनुसार सन् २०२४ र २०२५ मा उपल्लो मुस्ताङ घुम्न जाने पर्यटकमा युरोपेली मुलुक फ्रान्सका पर्यटक अधिक रहेको पाइएको हो ।
कोशी प्रदेशको इटहरीमा अन्तर्राष्ट्रियस्तरको होटेल रमडा बाई विन्डम इटहरी सञ्चालनमा आउने भएको छ । होटेल व्यवसायी देशबन्धु बस्नेत (अजित) ले अमेरिकी चेन होटेल ब्रान्ड होटेल विन्डम होटल्स एन्ड रिसोट्र्स अन्तर्गतको मिड–स्केल ब्रान्ड रमडा बाई विन्डम भित्र्याउनुभएको हो ।
जिल्ला प्रशासन कार्यालय कास्कीले एकैसाथ तीन जनालाई आमाको नामबाट नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ८ की बासिन्दा निरुता नेपालीका दुई छोरा सुजन र दिनेश र एक छोरी सुस्मितालाई आइतबार नागरिकता प्रदान गरिएको हो ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ०२ पैसा र बिक्रीदर १४४ रुपियाँ ६२ पैसा तोकिएको छ ।
नेपाल सरकारले साउदी अरब जाने नेपाली श्रमिकको लागत खर्च रोजगारदाताले बेहोर्ने गरी श्रम समझदारी (एमओयु) को तयारी गरेको छ । नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक मन्त्रालय र साउदी सरकारको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयबिच आगामी जनावरी २५ र २६ तारिखमा साउदी अरबमा हुन लागेको
बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लण्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।
‘भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग’ ले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बयान बुझेको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका सन्दर्भमा जाँचबुझ एवं अध्ययन गर्न गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले आइतबार तत्कालीन प्रधानमन्त्री ओलीको जवाफ लिएको हो ।