प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालय बलियो भएमात्र नागरिकलाई ढुक्क हुने अवस्था हुने बताउनुभएको छ।
अपाङ्गता भएका व्यक्तिको अधिकारका पक्षधर अभियक्ताले प्रतिनिधि सभाको समानुपातिकको सूचिमा अपाङ्गता भएकै व्यक्तिलाई समावेश गर्न माग गरेका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाललाई ‘डिजिटल हाइवे’ मा अगाडि बढाउने गरी काम गरिरहेको बताउनुभएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पद मिलान गर्न चार जना पदाधिकारी थप गर्ने निर्णय गरेको छ ।
भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा भएको सुमो दुर्घटनामा नौ जना घाइते भएका छन् ।
२०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति गरिएको छ।
नेकपा (एमाले) का अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा बयान दिनुभएको छ ।
ओखलढुङ्गामा घटेका दुईवटा विभत्स हत्या तथा लुटपाट घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आगामी चैतमा मिडिया मेला आयोजना गर्ने भएको छ । महासंघले आगामी चैत २० र २१ गते मिडिया मेला गर्ने तयारी थालेको अध्यक्ष राम थापा ‘अविरल’ ले जानकारी दिनुभयो ।
तनहुँको आँबुखैरेनी गाउँपालिका –१ बराँदीमा पखेटा भाँचिएर अलपत्र अवस्थामा फेला परेको दुर्लभ हिमाली ग्रिफन गिद्धको डिभिजन वन कार्यालय तनहुँले उद्धार गरेको छ ।
बाँकेको उद्योगी व्यवसायीहरुको छाता संगठन नेपालगन्ज उद्योग वाणिज्य संघले शसस्त्र द्वन्द्वमा विस्थापित भएका जिल्लाका छोटी भन्सारहरु पुनस्र्थापना गर्न माग गरेको छ ।
नेकपा (एमाले) जुम्लाका अध्यक्ष शान्तिलाल महतको नाम फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एकल रूपमा सिफारिस गरिएको छ । पार्टीको जिल्ला कमिटीको हालै सम्पन्न बैठकले महतलाई प्रतिनिधिसभा सदस्यका लागि उपयुक्त उम्मेदवार ठहर गर्दै सर्वसम्मत रूपमा एकल सिफारिस गर्ने निर्णय गरेको हो ।
लमजुङ सदरमुकाम बेंसीसहरमा जारी ३३औं त्रिवेणी कपमा ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च बोइज युनाइटेडलाई पराजित गर्दै घरेलु टिम लाङ्दीदेवी एफसी नाल्मा फाइनलमा पुगेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबारे बस्ने भएको छ।
तनहुँको बन्दीपुर गाउँपालिका–६, खहरेटारस्थित मिलिजुली युवा क्लबको आठौँ वार्षिकोत्सवका अवसरमा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बुलिङटार समूहले जितेको छ ।