लुम्बिनी प्रदेश सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा पहिरोका कारण ११ परिवार विस्थापित भएका छन् भने १२ घर उच्च जोखिममा परेका छन् ।
निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको इन्भर्ट र लाइनिङ बनाउने काम सकिएको छ । मुख्य सुरुङमार्गको एक हजार ८९ मिटर सुरुङमा लाइनिङ र इन्भर्ट बनाउने काम सकिएको सिद्धबाबा सुरुङमार्ग आयोजनाको कार्यालयले जनाएको छ ।
पाँचथरको सडकमार्गका विभिन्न खोलानालामा पुलपुलेसाको अभाव छ । विसं २०८०/८१ मा आएको बाढीले भएका पुल बगाएपछि अधिकांश खोलानालामा डाइभर्सन बनाएर अस्थायी रूपमा यातायात सञ्चालन गरिँदै आएको छ ।
नापी कार्यालय सुर्खेतमा २०२८ सालदेखिका कागजात जलेर नष्ट भएका छन् । जेनजी पुस्ताको आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनीबाट कागजात जलेका हुन् ।
कार्यक्रम लागू भएको नौ वर्षपछि सरकारले जन्म र मृत्युमा उपलब्ध गराउने खाद्यान्न सहयोग अब हुम्लाका दुई गाउँपालिकाका स्थानीयले पनि पाउने भएका छन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जेनजी आन्दोलनका क्रममा ध्वस्त भएका सरकारी संरचनाको पुनर्निर्माणमा एकजुट भएर अगाडि बढ्न सबैलाई आग्रह गर्नुभएको छ ।
मुटुरोगको नियमित औषधी खर्च जुटाउन भानु भुल दैनिक जसो सडकपेटीमा बसेर जुत्ता मर्मत र पालिस गर्दै आउनुभएको छ । तीन वर्षअघि उहाँको मुटुको भल्बमा समस्या देखिएपछि छिमेकीसँग ऋण निकालेर उपचार गरेको पैसा तिर्न सक्नुभएको छैन ।
जेनजी समूहको प्रदर्शनका क्रममा बाह्रबिसे नगरपालिका–६, गातीका श्रीकृष्ण श्रेष्ठ र चौतारा साँगाचोकगढी नगरपालिका इखुका उमेश महतले सहादत प्राप्त गर्नुभएको छ । उक्त प्रदर्शनमा दुई युवकले ज्यान गुमाएपछि सिङ्गो सिन्धुपाल्चोक नै स्तब्ध भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडक खण्ड एकतर्फी सञ्चालन भइरहेको छ । रातभरिको भारी वर्षाका कारण बुधबार बिहान पौने ८ बजेदेखि सडक एकतर्फी सञ्चालन भइरहेको नवलपुर प्रहरीले जनाएको छ ।
मधेश प्रदेश सरकारमा सहभागी जनमत पार्टीका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । मधेश प्रदेश सरकारकमा सहभागी जनमतका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री ई. बसन्त कुशवाहा र वन तथा वातावरणमन्त्री संजयकुमार यादवले राजीनामा यही भदौ २४ गते नै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा बुझाउनुभएको थियो ।
कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडक खण्डको कालीकोटको गगनेखोलामा गएको पहिरोका कारण राजमार्ग फेरि पूर्णरूपमा अवरुद्ध भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
मुटुरोगको नियमित औषधी खर्च जुटाउन भानु भुल दैनिक जसो सडकपेटीमा बसेर जुत्ता मर्मत र पालिस गर्दै आउनुभएको छ । तीन वर्षअघि उहाँको मुटुको भल्बमा समस्या देखिएपछि छिमेकीसँग ऋण निकालेर उपचार गरेको पैसा तिर्न सक्नुभएको छैन ।
जेनजी प्रदर्शनका कारण उत्पन्न भएको विषम परिस्थितिका कारण बन्द भएको शेयर कारोबार यही असोज २ गते बिहीबारदेखि पुनः सुरु हुने भएको छ ।