चीनको नान्जिङमा भएको एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १०औँ मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा नेपाली खेलाडीले चार स्वर्ण, सात रजत र १५ कांस्य गरी २६ पदक जितेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकी तेल कम्पनीले भेनेजुएलामा प्रवेश गरी त्यहाँका विशाल कच्चा तेल भण्डारको उपयोग गर्न पाउने बताउनुभएको छ ।
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।
केन्द्रीय सुरक्षा समितिको नियमित बैठक अहिले गृह मन्त्रालयमा बसिरहेको छ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७ मा अवस्थित साँख गाउँ ।
गृहमन्त्री ओमप्रकाश अर्यालसँग अर्घाखाँची जिल्लाको शितगङ्गा नगरपालिका नगर प्रमुखसहितको एक टोलीले आइतबार गृह मन्त्रालयमा इलाका प्रशासन कार्यालय स्थापना गरिनु पर्ने मागसहितको ज्ञापन पत्र बुझाएको छ।
मुस्ताङको थासाङ गाउँपालिका-२ स्थित घट्टेखोला बगर र पृष्ठभुमिमा निलगिरि हिमाल । यो स्थानलाई स्थानीयले बोक्सीखोला पनि भन्ने गर्छन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालसँग मुस्लिम समुदायका तीन छुट्टा-छुट्टै समूहका प्रतिनिधिहरू र केही राष्ट्रिय सभा सदस्यसमेत रहनुभएका सदस्यहरुले गृह मन्त्रालयमा आज सामूहिक भेटवार्ता गर्नुभएको छ।
सुदूरपश्चिम प्रदेशमा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या बढी रहेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेशमा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या बढी रहेको हो ।
नेकपा एमाले रूपन्देहीले रुपन्देहीको क्षेत्र नम्बर २ बाट पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई प्रतिनिधि सभाको निर्वाचनका लागि एकल सिफारिस गरेको छ ।
भोजपुरको पौवादुङमा गाउँपालिकाले ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको कोटगढी क्षेत्रको संरक्षण र प्रवर्धनलाई प्राथमिकतामा राख्दै योजनाबद्ध विकासको काम अघि बढाएको छ ।
व्यास नगरपालिका–१, रतौलीका अर्जुनबहादुर बस्नेत विदेशबाट फर्किएपछि यतिबेला स्वदेशमा व्यावसायिक कुखुरापालनमा रमाउनु भएको छ । दुबईमा १७ वर्षसम्म जागिर गरी स्वदेश फर्किएर उहाँले कुखुरापालनबाट विदेशमा भन्दा राम्रो कमाइ गर्दै आउनुभएको हो ।
स्याङ्जाको वालिङ नगरपालिका-१, अर्मादी खोलामा पक्की पुल निर्माण थालिएको छ । वालिङ नगरपालिकाले निर्माण गरिरहेको आँधीखोला करिडोरअन्तर्गत वालिङ-१ बौवास्थित अर्मादीखोलामाथि पक्की पुल निर्माण थालिएको हो ।
कैलालीको धनगढीमा विद्यार्थी महोत्सव आयोजना हुने भएको छ ।
गुल्मीको रेसुङ्गा विमान स्थलबाट पछिल्लो समय हप्ताको चार दिन तालिका अनुसार नियमित हवाई उडान हुँदै आएको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनभएको छ ।