जेनजीले भदौ २३ र २४ गते गरेको आन्दोलन हिंसात्मक भई प्रदर्शनकारीको निसानामा परेर ध्वस्त बनाइएका प्रहरी युनिट स्थानीयको श्रमदान र आर्थिक सहयोगमा पुनर्निर्माण हुँदै छन् ।
प्रधानमन्त्री सुशीला कार्कीलाई भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले लिखित रूपमा बधाई दिँदै नेपालको विकास र पुनर्निर्माणमा सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
जेनजीबाट भएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानमा बुधबार (आज) सरकारले शोक मनाउँदै छ । मृतकको सम्मानस्वरूप बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने सरकारले यसअघि नै निर्णय गरिसकेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको छ । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा आज राति १२ः०० बजेदेखि राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिने भएको छ ।
गोरखामा खेतको आलीमा मृत अबस्थामा एक महिलाको शब फेला परेको छ ।
सरकारले सिंहदरबार परिसरमा जलेर पूर्णरुपमा क्षति भएर प्रयोगमा आउन नसक्ने सवारी साधन, विभिन्न यन्त्र, उपकरण तथा फर्निचर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा लैजाने तयारी गरेको छ।
ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिका र सिदिङ्वा सिदिङ्वा गाउँपालिकाको सेवा विगत एक सातादेखि प्रभावित हुँदै आएको छ।
सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले जेनजी आन्दोलनको क्रममा प्रदेशसभा भवनसहित सचिवालयमा अत्यधिक क्षति भएकाले तत्काल संसद नचल्ने बताउनुभएको छ ।
सोमबार साँझदेखिको लगातारको वर्षासँगै गएको पहिरोले पाँचथरको फालेलुङ ३ दाङलेक्पाका पाँच परिवार विस्थापित भएका छन्।
विजया दशमीको टीकाको शुभ साइत असोज १६ गते बिहीबार बिहान ११ः ५३ बजे तोकिएको छ।
हेटौँडामा एक जना महिला मृत अवस्थामा फेला पर्नुभएको छ । हेटौँडा उपमहानगरपालिका –२ गुम्बाचोक बस्ने ५४ वर्षीय नानीमाया रुम्बा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ।
जेनजी आन्दोलनको क्रममा आगजनी भएका सरकारी कार्यालय सकेसम्म छिटो सरसफाइ गरेर जनतालाई सेवा दिन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले कर्मचारीलाई निर्देशन दिनुभएको छ।
गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता आनन्द काफ्लेका अनुसार भदौ २३ र भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाएका मृतकको सम्मानमा सरकारले बुधबार राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको जानकारी दिनुभयो।