बैतडीमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पाँच वटा मतदान केन्द्र थपिएका छन् । मतदातालाई नजिकैबाट मतदानको सुविधा उपलब्ध गराउने उद्देश्यले जिल्लामा मतदान केन्द्र थप गरिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा
सर्लाहीको ईश्वरपुर नगरपालिका–२, राइटरखोरमा वीभत्स हत्या गरिएका वन हेरालु (चौकीदार) को टाउको आइतबार बिहानसम्म पनि फेला पर्न सकेको छैन ।
यहाँस्थित धार्मिकस्थल पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । सो क्षेत्रमा यसवर्ष पहिलोपटक गत मङ्सिर ६ गते हिमपात भएको थियो ।
अमेरिकाले भेनेजुएलामाथि सैन्य आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरो र उहाँकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत मदुरो र उहाँकी पत्नीलाई पक्राउ गरिएको जानकारी दिनुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा
तनहुँको पर्यटकीय नगरी बन्दीपुरले पर्यटन क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेको छ । बन्दीपुरको प्राकृतिक सौन्दर्य र मौलिक सम्पदालाई विश्वसामु चिनाउने उद्देश्यले सञ्चालित अभियानका कारण एक वर्षको अवधिमा ६ लाख ३५ हजार स्वदेशी तथा विदेशी पर्यटकले बन्दीपुरको भ्रमण गरेका छन् ।
मधेश प्रदेशमा पछिल्ला केही वर्षयता सवारी दुर्घटनाका घटनाहरू तीव्र रूपमा बढ्दै गएका छन् । उपलब्ध तथ्याङ्कले नेपालभर सवारी दुर्घटनाबाट ज्यान गुमाउनेमध्ये करिब २१ प्रतिशत मधेश प्रदेशमै पर्ने गरेको देखाएको छ ।
टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले शनिबार नवौँ एनभिए भलिबल च्याम्पियनसिपमा उपाधि जितेका छन् । टिपटप पुरुष र न्यु डायमन्ड महिला वर्गमा च्याम्पियन बनेका हुन् ।
बाँकेका अधिकांश थारु गाउँ बस्तीमा माघी पर्वको तयारी तीव्र पारिएको छ । माघी आउन दस दिन मात्र बाँकी रहेकाले जिल्लाका अधिकांश गाउँबस्तीमा माघीको रौनक बढ्दै गएको हो ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिकाभित्रका ७०६ बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । विभिन्न सात विद्यालयमा अध्ययनरत बालबालिकालाई चिसोबाट जोगाउन जनालाई न्यानो कपडा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ स्थित गौरीघाट सामुदायिक वनक्षेत्रबाट अवैध रूपमा काटिएका रुखबारे छानबिन गर्न बनेको समितिले सोधपुछको काम सकाएको छ ।
प्रगतिशील लेखक सङ्घ गण्डकी प्रदेशले शनिबार आठ जिल्लाका आठ कविलाई एकै मञ्चमा उभ्यायो ।
बाँकेमा हरियाली फैलाउने, वातावरणीय सन्तुलन कायम राख्ने र किसानको आम्दानी बढाउने उद्देश्यले बिरुवा वितरण र उत्पादनमा जोड दियएको छ ।
नेपाल विद्युत् प्राधिकरणले नयाँ बुटवल लमही चार सय केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ ।