राष्ट्र बैङ्कले गरेको मौद्रिक सहजताका कारण विस्तार हुँदै गएको हुँदा आर्थिक वृद्धि औसतभन्दा बढी हुने देखिएको छ । नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले तयार गरेको आर्थिक गतिविधि अध्ययन (एकीकृत) वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८१/८२) का अनुसार यस्तो देखिएको हो ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय भएको आचारसंहितामा सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि दलको पक्ष विपक्षमा कुनै पनि गतिविधि गर्न नपाइने गरी आचारसंहिता तय गरिएको छ ।
भैरवी गाउँपालिका–१, जलजलेका स्थानीय ६५ वर्षीय शेरबहादुर थापा केही महिनाअघिसम्म २४ घण्टा चल्ने ड्रिलिङको आवाजले हैरान हुनुहुन्थ्यो । रातदिन गुञ्जिने मेसिनको ध्वनिले सुरुमा असहज बनाए पनि समयसँगै त्यही आवाजसँगै सुत्ने बानी परेको थियो । लामो समयदेखि ड्रिलिङका बेला गुञ्जिने गरेको मेसिनको आवाज हराएको निकै भयो । सुरक्षा घेराभित्रको ‘रिङ हाउस’ मौन छ ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ०२ पैसा र बिक्रीदर १४४ रुपियाँ ६२ पैसा तोकिएको छ ।
नेपाली कांग्रेसको महाधिवेशनका सन्दर्भमा सुरु भएको बहसको तार्किक निष्कर्षका लागि दुवै पक्ष चरणबद्ध संवादमा जुटेका छन् । कांग्रेसको १५ औँ महाधिवेशन र विशेष महाधिवेशनका विषयमा उठेको बहस सहमतिमार्फत समाधान गर्ने गरी शीर्ष नेताहरूले छलफल थालेका हुन् ।
सर्लाहीको ईश्वरपुर नगरपालिका –२, राईटरखोरमा शनिबार सागरनाथ वन विकास परियोजनामा कार्यरत एक जना चौकीदार (वन हेरालु) को विभत्स ढङ्गले हत्या भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राज्यलई बलियो बनाउनका लागि राज्य र जनताबीचको सम्बन्धलाई घनिष्ठ बनाउनुपर्ने जोड दिनुभएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमाले नवलपुरले दुई निर्वाचन क्षेत्रबाट नौ जनाको नाम सिफारिस गरेको छ ।
बाघको आक्रमणबाट बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित सौरीमा शनिबार एक जनाको मृत्यु भएको छ।
दिवङ्गत प्राडा बाबुराम शर्मा पोख्रेलका दुई कृति ‘हिमवत्खण्डको समीक्षात्मक अध्ययन’ र ‘स्तुति पुष्पाञ्जली’ आज सार्वजनिक भएका छन् ।
भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपति निकोलस मदुरो र प्रथम महिला सेलिया फ्लोरेसबारे सरकारसँग कुनै सूचना नभएको बताउनुभएको छ।
भेनेजुएलाले शनिबार बिहानै अमेरिकाले आवासीय क्षेत्रमा आक्रमण गरेको आरोप लगाउँदै ठूलो मात्रामा सैन्य स्रोतहरू परिचालन गर्ने घोषणा गरेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले शनिबार गोकर्णेश्वरस्थित ‘राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती स्मारक’ पुगेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिनुभएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यधिक चिसो बढिरहेकाले स्वास्थ्य प्रतिकूल हुनसक्ने भन्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणमा अनुरोध गरेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ मतदान गर्नका लागि बाँकेमा अस्थायी मतदाताको विवरण संकलन सुरु गरिएको छ।