नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाको अनुगमन गर्नुभएको छ ।
प्रकृतिका साथीहरू संस्थाका निर्देशक राजुु आचार्यले गत वर्ष बेलायतमा प्राप्त गर्नुुभएको विश्व प्रसिद्ध ‘ह्विट्ली अवार्ड’ गण्डकी प्रदेशमा लाटोकोसेरोको संरक्षणका लागि वरदान साबित बन्दै गएको छ ।
घर वरिपरि मौरीका घारैघार । बिहानै उठेदेखि साँझ नपरुन्जेल तीनै मौरीका घारको हेरचाह गर्ने कैलाली लम्कीचुहाँ नगरपालिकाका हरिराम भारतीको दिनचर्या हो ।
प्रधानमन्त्री कार्कीले आज तिलगङ्गा पुगी आँखाको नियमित जाँच गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । वरिष्ठ नेत्रविशेषज्ञ डा सन्दुक रुइतले प्रधानमन्त्री कार्कीको आँखा जाँच गर्नुभएको अस्पताल व्यवस्थापनले जनाएको छ ।
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–६, मामाङखेको लक्ष्मी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ ।
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार प्रतितोला दुई लाख १५ हजार २०० मा कारोबार भएको सुन आज तोलामा रु एक हजार ९०० बढेर रु दुई लाख १७ हजार १०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
भारतमा रोजगारीका सिलसिलामा गएका सल्यानका चार जनाको जीप दुर्घटनामा मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
नेपाल निजामती अस्पताल मीनभवनमा ‘जेनजी पुस्ता’ले गरेको आन्दोलनका क्रममा घाइतेको उपचार भइरहेको छ । हालसम्म यहाँ ४६१ जना उपचारका लागि पुगेका थिए ।
जिल्लाका स्थानीय तहहरूका भवन जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त अवस्थामा पुगेका छन् ।
खोटाङमा शङ्कास्पद अवस्थामा एक युवती मृत भेटिएक छिन् । स्थानीय सहकारीमा कार्यरत दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी रेश्मीका सिवा परियारलाई शङ्कास्पद अवस्थामा मृत भेटिएको हो ।
लमजुङमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर तोक्न समिति गठन गरिएको छ ।
बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिकामा बाघको आक्रमणबाट महिलाको मृत्यु भएको छ ।
जेनजीको आन्दोलनमा राजविराजका करिब दुई दर्जनभन्दा बढी कार्यालय तोडफोड, आगजनी र लुटपाट भए पनि भूमि सुधार तथा मालपोत कार्यालय जोगिएको छ ।
जेनजी प्रदर्शनको क्रममा भदौ २४ गते कोहलपुर नगरपालिका–११ स्थित राजस्व अनुसन्धान कार्यालयमा आगो लगाएपछि त्यहाँबाट लुटिएको ठुलो परिमाणको नगद रकम र सुन चाँदी फिर्ता ल्याइएको छ ।
रुपन्देहीस्थित आन्तरिक राजस्व कार्यालयले आफ्नो पार्किङस्थलबाट सेवा प्रवाह सुरुआत गरेको छ । भदौ २४ गते भएको तोडफोड र आगजनीबाट कार्यालयमा क्षति पुगेको थियो ।