पश्चिम बागलुङको बडिगाड गाउँपालिकाका ६२ टोल पूर्ण सरसफाई तथा पोषणमैत्री घोषणा भएका छन् । भिमगिठे र खहरे टोललाई पूर्ण सरसफाई तथा पोषणमैत्री घोषणा गरिएको छ ।
नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्वनाथ पौडेलले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा समग्र वित्तीय प्रणालीमा कुनै असर नपरेको बताउनुभएको छ । केही बैङ्कका शाखा, काउन्टर र एटिएममा क्षति भए पनि प्राविधिक प्रणाली सुरक्षित रहेको उहाँले बताउनुभएको हो ।
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ २१ पैसा र बिक्रीदर १४० रुपियाँ ८१ पैसा निर्धारण गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार सार्वजनिक बिदाको दिन पनि वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) जारी गरेको छ । मन्त्रालयको एनओसी शाखाका प्रमुख वासुदेव वस्तीका अनुसार सेवाग्राही विद्यार्थीका अनुरोधमा एनओसी जारी गरिएको हो ।
जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले काठमाडौँको चुच्चेपाटीको भाटभटेनीमा आगो लगाएपछि जलेको अवस्थामा फेलापरेका शवको पहिचान हुन सकेको छैन । भाटभटेनीमा आगो लागेपछि सरसफाइ गर्ने क्रममा फेलापरेका सात कङ्कालसहितको शव पहिचान हुन नसकेको हो ।
जेनजी समूहको नाममा भएको प्रदर्शनका क्रममा भदौ २४ गते आगजनी र तोडफोडबाट ध्वस्त नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) को बुधबार तीन जना मन्त्रीले स्थलगत निरीक्षण गर्नुभएको छ ।
काठमाडौंको जगन्नाथ देवल कारागारबाट गत भदौ २४ गते फरार भएको कैदी दीपकुमार राई ओखलढुङ्गामा पक्राउ परेका छन् ।
ताप्लेजुङमा करिब ४ वर्षको अवधिसम्म रक्तदान गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको छ । ताप्लेजुङमा नेपाल रेडक्रस सोसाइटीको शाखा स्थापना भएको ५० औँ वर्ष प्रवेश गरेको अवसरमा रक्तदातालाई सम्मान गरिएको हो ।
रुकुम पूर्वको पातीहाल्ने भञ्ज्याङ आसपास बागलुङ–रुकुमपूर्व सीमाक्षेत्रमा सोमबार साँझ ८ बजेर २५ मिनेटमा ४.६ स्थानीय परिमाण (एमएल) को भूकम्प गएको छ।
जेनजी पुस्ताबाट भएको प्रदर्शनको क्रममा ज्यान गुमाउनेहरुको सम्मानमा बुधबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा दीप प्रज्ज्वलन गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले युवाहरूको पार्टी भएको स्पष्ट पार्नुभएको छ। एमालेका केन्द्रीय विभागको बैठकलाई आज सम्बोधन गर्दै उहाँले एमाले कहिल्यै युवाबाट टाढा नरहेको बताउनुभयो।
वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता शरदसिंह यादव, जनमत युवा सङ्घका संयोजक सञ्जयकुमार यादवलगायतका ६ नेताले आज सामूहिक हस्ताक्षर गरी २४ घण्टाभित्र राजीनामा माग गरेका हुन्।
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको आयोजनामा गत २३ र २४ गते भएको भ्रष्टाचार विरूद्वको आन्दोलनका क्रममा दिवंगत भएकाको सम्झनामा दीप प्रज्वलन गरिएको छ।
नेपाल आदिवासी जनजाति महासङ्घले ‘जेनजी’ प्रतिनिधिहरुसँग छलफल गरेका छन् ।
नवनियुक्त गृह र ऊर्जामन्त्रीले बुधबार भदौ २३ र २४ गतेको जेनजी आन्दोलनकाक्रममा आगजनी भएका सरकारी संरचनाको अनुगमन गर्नुभएको छ।