शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अर्जुन काफ्ले
स्याङ्जा, पुस २१ गते । आगामी फागुन २१ गतेको हुने निर्वाचनका लागि स्याङ्जाको एकै वडामा तीन जना समानुपातिक सूचीमा परेका छन् । जिल्ला भित्रै विभिन्न पार्टीबाट सात जनाको सिफारिस हुँदा यहाँ एकै वडाका तीन जना परेका हुन् ।
यहाँको अर्जुन चौपारी गाउँपालिका वडा नं –६ मा एमालेबाट रामबहादुर थापा, रास्वपाबाट विश्व गुरुङ र राप्रपाबाट तोरण बहादुर गुरुङलाई पार्टीले सिफारिस गरेको हो । तीनै जना जनजाती कोटाबाट सिफारिस हुनु भएको हो ।
यस्तै वालिङ नगरपालिका स्थायी घर भएकी एमाले केन्द्रीय सचिव पदमा अर्याल(खस आर्य), कालीगण्डकीकी नेपाली कांग्रेसबाट मायाँ राना (महिला), चापाकोटका नेपाली कम्युनिष्ट पार्टीबाट ताज मोहम्मद मियाँ(मुस्लिम) र पुतलीबजारका राप्रपाबाट मदन बहादुर कार्की(खस आर्य)बाट सिफारिस हुनुभएको हो ।