• २२ पुस २०८२, मङ्गलबार

शिक्षक विद्यार्थीलाई न्यानो कपडा

blog

भार्से जनसहयोग माविका शिक्षक तथा विद्यार्थीलाई न्यानो कपडा (ट्रयाकसुट) वितरण गरिँदै । तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), पुस २१ गते । भार्सेली समाज हङकङको सहयोगमा भार्सेका सबै विद्यालयका शिक्षक तथा विद्यार्थीलाई न्यानो कपडा (ट्रयाकसुट) वितरण गरिएको छ । 

सत्यवती गाउँपालिका –८ भार्सेको जनसहयोग माध्यमिक विद्यालयका २० जना शिक्षक स्टाफ र ११५ जना बिद्यार्थीलाई न्यानो कपडा (ट्रयाकसुट) वितरण गरिएको अगुवा नरबहादुर बुढाथोकी ‘नरु’ ले जानकारी दिनुभयो ।

भार्सेली समाज हङकङले तीन वर्षदेखि विद्यालयमा निरन्तर कपडा वितरण गरिरहेको छ ।  विद्यार्थीलाई विद्यालयप्रति आकर्षण गराउने र चिसोबाट बच्न पनि सहयोग पुग्ने उद्देश्यले भार्सेली समाज हङकङका अध्यक्ष लेफ्टिनेण्ट कुलबहादुर बुढाथोकीको अगुवाइमा विद्यालयका शिक्षक स्टाफ र विद्यार्थीलाई कपडा वितरण गरिएको छ । 

भार्सेकै दबुङ्ग आधारभूत विद्यालय र पैयाँपाटा बालशिक्षामा समेत ३५ जना शिक्षक तथा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिने अगुवा बुढाथोकीले बताउनुभयो । भार्सेली समाज हङकङका अध्यक्ष लेफ्टिनेण्ट बुढाथोकीले भार्से बाहेकका विद्यालयमा पनि स्टेशेनरी तथा प्रविधि सहयोग गर्दै आउनुभएको छ । 

सहयोगी थापा परिवारले अहिले पनि जुहाङ्गकै गुरुङ्ग गाउँमा स्टेशनरी प्रदान गरेको छ । सत्यवती गाउँपालिका –८ का वडाध्यक्ष होमबहादुर रानाले भासेली समाज हङकङ र लेफ्टिनेण्ट बुढाथोकीको गाउँप्रतिको सामाजिक भावना उत्कृष्ट रहेको बताउनुभयो ।