सिन्धुपाल्चोक समाचारदाता
सिन्धुपाल्चोक, पुस २१ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिन्धुपाल्चोकबाट राजनीतिक दलले उम्मेदवार हुने आङ्काक्षीको नाम सिफारिस गरेका छन् । उम्मेदवार सिफारिसमा प्रायः पुरानै नेताको नाम सिफारिस गरेर पठाइएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा–२ मा उम्मेदवारका लागि ज्येष्ठ नागरिक भइसकेका पशुपतिशमशेर राणालगायतको नाम सिफारिस गरेको छ । त्यस क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले यसअघि पटक पटक टिकट पाएका पुराना नेता शेरबहादुर तामाङलगायतलाई प्रत्यक्षतर्पm उम्मेदवार सिफारिस गरेको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट दुई पटक बागमती प्रदेश सभा सदस्य भइसकेका युवराज दुलाललाई प्रतिनिधि सभामा उम्मेदवार सिफारिस गरेको छ । उमेरले ५० वर्षमुनिका दुलाल पटक पटक प्रदेशको टिकट पाएका नेता हुनुहुन्छ । त्यस क्षेत्रमा नेपाली कांगे्रसले पूर्वगृह राज्यमन्त्री विष्णुविव्रmम थापालगायतका पुराना नेतालाई प्रत्यक्षतर्पm उम्मेदवार सिफारिस गरेको छ ।
यस्तै प्रतिनिधि सभा–१ मा पनि दलहरूले पुराना र पटक पटक सङ्घीय र प्रदेश सभामा अवसर पाएका नेतालाई प्रत्यक्षतर्पmको उम्मेदवारमा सिफारिस गरेको छ । नेकपा (एमाले) ले अरुण नेपाललगायतलाई प्रतिनिधि सभा–१ मा उम्मेदवार सिफारिस गरेको छ । कांगे्रसले प्रतिनिधि सभा–१ का लागि पटक पटक सङ्घीय सरकारमा सहभागी भएका पुराना नेता मोहनबहादुर बस्नेतलाई सिफारिस गरेको छ । नेपाली कम्युनिस्ट पार्टीले यसअघि प्रतिनिधि सभामा विजयी माधव सापकोटालाई उम्मेदवार सिफारिस गरेको छ । राप्रपा, रास्वपालगायतका दलले प्रतिनिधि सभा उम्मेदवार सिफारिस गर्न बाँकी नै छ । प्रतिनिधि सभातर्पm समानुपातिक उम्मेदवारमा सिफारिस गरेका दलमध्ये पुराना दलबाट कुनै पनि सिफारिस गरिएका उम्मेदवार बन्दसूचीमा परेका छैनन् । बरु रास्वपाले युवा पत्रकार प्रमोद न्यौपानेलाई समानुपातिक बन्दसूचीमा पारेको छ भने नेपाली कम्युनिस्ट पार्टीबाट ज्येष्ठ महिला भगवती नेपाललाई समानुपातिकको बन्दसूचीमा पारेको छ । कांगे्रस, एमाले ठुला दलले कुनै पनि उम्मेदवारलाई बन्दसूचीमा पारेका छैनन् ।