प्रवीणकुमार शर्मा
रौतहट, पुस २१ गते । रौतहटबाट स्रोत नखुलेको दुई लाख ५० हजार तीन सय ६० रुपियाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भारतको सीतामढी जिल्ला बैरगनियाका अन्दाजी ४५ वर्षीय रामकली देवीलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक रुद्रराज कंडेलले जानकारी दिनुभयो ।
गौर नगरपालिका – १ भन्सार ब्यारेकगेट अगाडि भन्सार सुरक्षा गार्ड रौतहटबाट प्रहरी हबल्दार बुधराम महतोको कमाण्डमा खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा भारतको बैरगनियाबाट नेपालतर्फ पैदल आउदै गरेको अवस्थामा रामकली देवीलाई शङ्का लागि चेकजाँच गर्दा नेपाली दुई लाख ५० हजार दुई सय रुपियाँ र भारतिय रुपियाँ एक सय फेला परेको उहाँले जानकारी दिनुभयो ।
रकमको स्रोत खुल्न नसकेकाले रामकली देवीलाई नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कंडेलले बताउनुभयो ।