• १४ माघ २०८२, बुधबार

चिसोबाट बच्न आग्रह

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २१ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सुरक्षा अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । देशभर अत्यधिक चिसो बढेको भन्दै मन्त्रालयले यसबाट बच्नका लागि स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरेको हो । 

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पछिल्ला केही दिनयता अत्यधिक चिसो बढेको भन्दै शीतलहर, हुस्सु, कुहिरो र हिमपातबाट बच्नका लागि आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले चिसो मौसममा रुघाखोकी, ज्वरो, दम बढ्ने वा सास फेर्न गाह्रो हुने, हाइपोथर्मियाका लक्षण भएका बिरामी बढ्ने गरेको बताउनुभयो । चिसो मौसममा वृद्धवृद्धा, बालबालिका, दीर्घरोगी अधिक जोखिममा हुन सक्छन् भन्दै उनीहरूलाई चिसो लाग्नबाट बचाउनुपर्ने बताउनुभयो । जाडोयाममा आगो ताप्दा, हिटर वा गिजर प्रयोगका क्रममा विभिन्न घटना हुने भएकाले सावधानीपूर्वक यसको प्रयोग गर्न मन्त्रालयको सुझाव छ ।